धन्यवाद प्रचण्ड सरकार : पीडित नेपाली काममा फर्किए


uae4२५  भदौ युएई । युएईमा अलपत्रमा परेको ३०  जना नेपालीहरु भोलीबाट काममा  फर्कने  भएका छन।। सम्पूर्ण साथीहरूलाई हार्दिक बधाई! नेपाल सरकारले कडा दबाब दिए पछि अक्टोबरसम्ममा पहिलाको सबै तलब पाउने सर्तमा भोलीबाट अलपत्र परेका नेपालीहरुले काम पाउने भएका छन। यस कार्यमा सहयोग गर्ने एन आर एन  र नेपाली राजदूतावासलाई विशेष धन्यवाद। अनि यस कार्यमा जोडदार कुरा उठाउने, सहयोग गर्ने नेकपा माओबादी केन्द्र निकट नेपाल जन प्रगतिशील मञ्च युएईलाई धेरै धेरै धन्यवाद । नेपाल जन प्रगतिशील मंचको चर्को दबाब पछि नेपाल सरकारको ठाडो निर्देशनमा नेपाल एमबेसि र एनआरएनको माताहतमा अक्टोबर सम्ममा सबै तलब पाउने र केहि गरि नपाए नेपाल एमबेसि जिम्मेवारी हुने गरि भोली  देखि ढ्युटि जोयन हुने गरि सहमति भएको छ।cpwkoi7ueaqvxnh

 

हामीले यस विषयमा निम्न समाचार सम्प्रेषण गरेका थियौ

विगत लामो समय देखि युएईमा अलपत्रमा परेका ३० जना नेपालीहरुलाई माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युएईले खाद्यन्न समाग्री वितरण गरेको छ । विगत ११ महिना अघि दुवई सेक्यूरीटीको  लागि भन्दै ३० जना नेपालीहरुलाई लिडर सेक्यूरीटी गार्ड (युएई) ले नेपाल स्थित हिमारब ओभरसिज र एन.सि.एफ मेनपावर बाट २६ दिनको १,७८१ दिराम, र ओभरटाइमा ३० दिनै काम गरेमा २,०८१ दिराम दिने सम्झौता गरेका थिए । तर कम्पनीले भने सम्झौता अनुसारको रकम हाल ११ महिना पुरा हुँदा सम्म पनि नदिएको पीडितहरु बताउँछन ।केहि दिन अगाडी त्रिशुलीखबरले भिडिओसहित उनीहरु अलपत्र परेको समाचार सम्प्रेषण गरेको थियो ।

कम्पनीद्वारा  धम्कि   

पीडित कामदारहरुको अनुसार कम्पनिले कहिले २००, ३०० र कहिले ९००, १,२०० दिराम मात्रै तलब दिए पछी उनिहरुले अदालतलाई गुहारेका थिए । कामदारहरुले त्यस कम्पनीमा सम्झौता गरेको रकम माग्दा बाहिरका मान्छे लगाएर डर धम्की देखाउने गरेको बताए । हाल आएर ४ महिना देखि कम्पनीले कुनै पनि रकम नदिएको उनिहरुको भनाई छ ।uae1

दूतावास मौन

पीडित नेपालीहरुले १ महिना अघि नै युएई स्थित नेपाली दुतावासमा जानकारी गराए पनि नेपाली दुतावासले वास्ता नगरेको पीडितहरुले बताए । अहिले सम्म लेवर कोर्टले कुनै पनि किसिमको निकास निकाल्न नसकेको र पटक पटक लेबर कोर्टमा जादा पनि समय मात्र थप गरिएकोले हाल आएर उनिहरुसंग लेवर कोर्ट जान सम्म पैसा नभएको उनिहरुको भनाइ छ । अलपत्र परेका नेपालीहरुलाई खानाको लागि समेत रकम नभएको कारणले ठुलो समस्या परिरहेको छ । उनिहरुको अवस्था दिन प्रति दिन नाजुक भन्दै गइरहेको समाचार प्राप्त भए पछि नेपाली जनप्रगतिशील मञ्चको टोली रहात समाग्री सहित पिडित समक्ष पुगेको युएई स्थितत्रिसुलीखबर समाचारदाताले जानकारी गराएका छन ।uae2

स्थिति नाजुक अबस्थामा

अलपत्र परेका नेपालीहरुको स्थिति एकदमै नाजुक रहेको र जति पनि संघ संस्थाको प्रतिनिधि आउने र सबैले फोटो खिचेर रमिता  मात्रै देखाएको पिडितहरुको गुनासो छन । कुनै किसिमको सर-सहयोग नगरेको अवस्थामा नेपाली जनप्रगतिशील मञ्च युएईले रहात सामाग्री सहयोग गरे पछि यो गुण कहिल्यै नभुल्ने भन्दै पिडितहरु भावुक भएका थिए । पिडितहरुलाई समाग्री वितरण गर्दै नेपाली जनप्रगतिशील मञ्च युएईले देश विदेशमा रहेको सम्पूर्ण संघ संस्थालाई सहयोगका  लागि अह्वान गर्दै तत्काल पिडितहरुलाई उद्धार गर्न नेपाल सरकारलाई समेत आग्रह गरेको छ । राहत सामाग्रीहरुमा चामल, दाल, तरकारी, मसला, चिउरा, साबुन, मन्जन लगाएको दैनिक उपभोगका समानहरु रहेका छन । राहत समाग्री सकिए पछि पुन वितरण गर्ने र तत्काल अलपत्र नेपालीहरुलाई उद्दारको लागि आवश्यक कदम चाल्ने मञ्चले जनाएको छ।14269708_1715027705424274_640899573_n-1

दुताबासलाई धपेडी

बिभिन्न मिडियाहरुमा समाचार प्रकाशीत भए पछी अबुधाबी स्थित दुताबासलाई दबाब सिर्जना भएको छ । दुताबासबाट आज छुट्टीको दिन शुक्रबार पनि श्रम सहचारी हिरा यादब र काउन्सिलर भेष बहादुर थापा अलपत्र नेपालीहरु बसेको लेबर क्याम्पमा पुगेका थिए । गत १ महिना भन्दा बढी देखी अनुरोध गर्दा नसुनेको भन्दै अहिले प्रधानमन्त्री कार्यालयबाट समेत निर्देशन आएकोले धपेडीमा परेको एक कामदारले बताए । हामीले पटक पटक अनुरोध गर्यौ तर दुताबासले खासै वास्ता गरेन । उल्टो अदालत किन गएको भनेर सोध्ने काम भएको थियो, आज भने उहाहरु निकै जिम्मेवार ढंगले प्रस्तुत हुनु भएको छ, पीडितले भने ।14256765_1715028712090840_375345233_n14269435_1715027818757596_1156137406_n14302994_1715028692090842_571187626_n

 

Loading...

यसमा तपाइको मत