“युएईमा पनि खादा बहिस्कार”


uae5युएई, सेप्तेम्बर-१७, २०१६ । अबुधाबीमा सम्पन्न भएको नेपाली म्युजिक भिडियो अवार्डमा बौद्द धर्मावलम्भीहरुको”बौद्धमार्गीले प्रयोग गर्ने खादालाई अन्तराष्ट्रियकरण गर्न अभियान थालिने भएसंगै यो अभियानलाई तुहाउने प्रयास भएको छ” पवित्र खादा प्रयोग नगरि ढाकाको गलबन्दी प्रयोग गरिएको छ । खादालाई बहिस्कार गर्ने नेकपा एमालेको घोशित निती अनुसार नै खादा बहिस्कार गरिएकोमा जनजाती महासंघ युएई सम्बद्द नेता कार्यकर्ताहरुले आपत्ति जनाएका छन ।

पूर्व प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी ओलीले एक सार्वजनिक कार्यक्रममै खादा प्रयोग नगर्न भने बमोजिम यहाँ पनि बहिस्कार गरिएको हुनसक्ने उनिहरुको आशंका रहेको  छ । अवार्डको कार्यक्रमको ब्यवस्थापन नेकपा एमाले सम्बद्द प्रबासी मन्चका उपाध्यक्ष महेश गिरीले गरेका थिए । उनिसंगै अर्का स्वतन्त्र ब्यवसायी एकेन्द्र बहादुर थापाको नमस्ते ट्राभल्स र संगिच्या फिल्म त्यो कार्यक्रमको मुख्य आयोजक थिए। कार्यक्रम हलको ब्यवस्थापन र अन्य स्वयमसेवामा प्राय सबै एमाले सम्बद्द संगठनका कार्यकर्ताहरु देखिन्थे । तसर्थ पनि यसमा एमाले सम्बद्द संगठनकै निर्णय बमोजिम खादालाई बहिस्कार गरेको हुनसक्ने उपस्थित जनजातीहरुको अनुमान रहेको छ ।uae6

नेपाली म्युजिक भिडियो अवार्ड नाम भएता पनि नेपालमै स्थापित संगीतकर्मीहरुले कार्यक्रमको बारेमा अनभिज्ञता समेत जनाएका छन” भनेर गायक विजय लामाले समेत आफ्नो सामाजिक सजाल मार्फत कार्यक्रमको औचित्य र निष्पक्षता माथी प्रश्न गरेका छन। कार्यक्रमकै शुरुवातमा  “ओम माने पेमे हु- शान्ती लुकाउ कहाँ” भन्ने गीतमा नृत्याङनाले अर्ध नग्न अवश्थामा नृत्य गरेको र त्यसता विदेशी नृत्यले नेपाली मौलिकता दिन नसक्ने भन्दै केही अभियन्ताहरुले आफ्नो सामाजिक सन्जालमा असन्तुष्टि समेत व्यक्त गरेका छन ।

नेपाल आदिबासी जनजाती महासंघ, युएईका प्रथम उपाध्यक्ष पाशाङ शेर्पाले आफुहरु अवार्ड कार्यक्रममा लालयित भए पनि अघिल्लो दिन नै विमानस्थलमा कलाकारहरुको घाटीमा ढाकाको गाम्छा ओढाएर बर्षौ देखी चली आएको बौद्द धर्मावलम्भीहरुको खादालाई जानिबुजी उपेक्षा गरेको पाईएकोले जनजातीहरुले पनि अघोशित रुपमै कार्यक्रम बहिस्कार गरेको बताए ।uae7

उनले समाजिक सन्जाल मार्फत यो कार्यको आलोचना गर्दै बिरोध गरिसकेका छन । त्यस्तै माओवादी केन्द्र निकट विदेश विभाग संगठन नेपाल जन प्रगतिशील मंच(युएई) प्रवक्ता अनिस तामाङले पनि समाजिक संजाल मार्फत युएई अवार्ड कार्यक्रममा खादा बहिस्कारको चर्को आलोचना गरेका छन। उनिहरुले यस् अघी नै खादा र गाम्छाको फरक बारेमा पटक पटक समाचार र सामाजिक सन्जालमा पनि स्पष्टिकरण दिएका थिए ।uae8

कार्यक्रममा १८ वटा बिध्यामा अवार्ड बाडिएको थियो । आयोजकले अवार्ड जित्ने देखी अतिथी सबैलाई कान्धमा गाम्छा पहिर्याईदिएको थियो । का.बा राजदुत नेत्र बहादुर टन्दनले आफुले पनि गाम्छा लगाएर कलाकारहरुलाई पनि गाम्छाले नै सम्मान गरेका थिए । कार्यक्रम आयोजकको यस्तो हर्कतले जनजातीहरुको मन दुखेकोले अब कसरी अगाडि बध्ने भन्ने बारे छलफल भईरहेको जनाईएको छ ।uae9

Loading...

यसमा तपाइको मत