झुटो समाचारको पछि लागेर आन्दोलन गर्ने नबिना लामालाई मलेसियाबाट दावा घिसिङ तामाङको प्रश्न


111९ असोज काठमाडौँ । हिन्दी भाषालाई सरकारी कामकाजको प्रयोग गर्न पाँउने बनाउन लागियो भन्ने समाचार झुट, मिडियाले जनतालाई भड्काउनका लागि सम्प्रेषण गर्ने भ्रमिक समाचार हो । भनेर प्रधानमन्त्रीले बराम्बार भनिरहदा नबिना तिमी किन , यति धेरै मैदानमा उत्रिएर के को जात्रा देखाएको हो ?
नबिना लामा जि अब तिम्रो नाटक धेरै भयो …
तिमीलाई मेरो केहि प्रश्न बुँदगत रुपमा प्रस्तुत गर्न चाहन्छु ,
जवाफ दिनुहोस् ।। नबिना जि !!!22
१.) नबिना जि आफ्नो धर्म संस्कृतिक पहिचान भोक्ने बुद्धको पहिरण पवित्र बस्त्र खादालाई आेलीले बहिष्कार गर्दा त्यो बेला नबिना तिमी कहाँ थियो ?
२.) हिजो केपी आेलीले आदिवासी जनजातिलाई बाँदर भन्दा नबिना त्यो बेला तिमी कहाँ थियौ  ?
३.) थारु र मधेसीलाई बिहारी भन्दा नबिना तिमी कहाँ थियौ  ?
४.) आेलीले पहिचानको बिरोध गर्दा नबिना तिमी कहाँ थियौ  ?
५.) संघिय गणतन्त्रलाई बाख्राको टाउकोमा गोरुको सिङ भने खील्ली उठाउदा कहाँ थियौ  ?
६.) धर्मनिरपेक्ष को बिरोध गर्दा कहाँ थियौ  ?
७.) आेलीले विभिन्न राजनीतिक दलहरुलाई सहमति हुन नदिएर अराजक मचाउदा नबिना त्यो बेला तिमी किन मौन बस्यौ  ?
८.) आदिवासी जनजाति, थारु खस,सिल्पी (दलित) मुस्लिम  लगायत पिछडिएका वर्गहरुले आफ्नो हक आधिकार मागेर आन्दोलन गर्दै आफ्नो माग उठाउदा भारतको एजेन्ट भनेर बिरोध गर्दा तिमि कहाँ थियौ  ?
९.) जनतालई गोली ठोकेर आँप झर्यो भनेर काठमाडौंमा खुसीयाली मनाउदा किन मौन बस्यौ  ?
१०.) आेली सरकार भएको बेला कांग्रेसले भुकम्पपिडितलाई एकमुष्ट २ लाख दिनुपर्छ भनेर संसद अबरुध गरेर आवाज उठाउदा आेलीले विश्व बैंकलाई सोध्नुपर्छ भन्दा तिमी किन मौन बस्यौ  ?
११.) आेली सरकार भएको बेला जाडोले भुकम्प पिडित कठ्याग्रिएरर मर्दा समेत वास्ता नगरि तर उल्टो राज्यको ढुकुटी दुरुपयोग गरेर पुर्व बिशिष्ट पदाधिकारीहरुलाई बिभिन्न सुबिधा सहित करोडौ बाँडिदा तिमी किन मौन बस्यौ  ?
१२.) भुकम्पपिडित खाना नपाएर दिनदिनै छटपटाई रहदा राहत जति सबै कुवाएर खाल्डोमा हाल्दा तिमी कहाँ थियौ  ?
१३. ) जनतालाई राजनीतिमा निकास दिनुको सट्टा विभिन्न ठुलो ठुलो बिकासको मुकुन्दे गफ चुट्दै आेलीले मेट्रो रेल,घरघरमा ग्याँसको पाइपलाइन, पानीजहाज, चन्द्रमामा स्पेस किन्छु  भन्दा  तिमी कहाँ थियौ  ?
१४.) आदिवासी जनजाति प्रतिष्ठान नै खारेज गर्न खोज्दा त्यो बेला नबिना तिमी   कहाँ थियौ ?
१५.) ज्यानमारालाइ जानाजान छुट दिएर जेलबाट मुक्त गर्दा नबिना तिमी त्यो बेला कहाँ थियौ  ?
जवाफ दिनुहोस् ???
के सत्ता बिना तिमीहरु एक पल पनि बाँच्न सक्दैनौ  ?
जनता बुझ्न चाहन्छन ।
 
 नाम : दावा घिसिङ तामाङ  ठेगाना :- काभ्रे, तिमाल (हाल  मलेसिया )

यसमा तपाइको मत