मेरी बहिनी : अनिस तामाङ


14797427_1731035317156846_2131873518_nकेहि महिना अगाडिको  कुरा हो । सदा झै म आफ्नो १२/१३ घण्टा लामो ड्युटी सकेर आफ्नो कोठा फर्किदै थिए। म फर्किदा झमक्क साँझ परिसकेको थियो। दुबई शहरको रंगिन दुनियाँ,आफ्नो गन्तव्यमा गुढ़ीरहेको  गाडीहरु, अनि बाटोमा हिडिरहेका बटुवाहरु नियाल्दै एयरफोन कानमा लगाएर गित सुन्दै बसको झ्यालबाट बाहिर हेरिरहेका थिए।  जिवन संगिनीको याद बेस्सरी आइरहेको थियो। त्यति खेर सानो अनिस पेट मै थियो। विहे गरेको १५,२० दिन मै उनलाई छाडेर विदेशीनुको पिडा अर्कै थियो। लाग्थ्यो म नहुदा कति रुदो हुन। यतिबेला मेरो एकदमै खाँचो थिए उनलाई तर बाध्यताले साथमा बस्ने सकेका थिएन।

मनमा अनगिन्ति कुराहरु खेल्दै खेल्दै रुम आइपुगे। केहि दिन अगाडि सहिदको बारेमा लेखेको लेख अनलाइन मिडियाले छापेको  रहेछन।  मेरो आसुले लेखेको लेख मेरो जिवनको यथार्थ भएकाले म आफैले पढ्न सकिन। सायद दुखै दुखमा हुर्केर होला सानो सानो कुराले म चाँढै भावुक हुन्छु। सानोमा घरको बाख्रा बेच्दा , कुखुरा बेच्दा  समेत म बेस्सरी रोएर बेच्न दिदैन थिए रे भनेर आमाले ठुलो भए पछि सुनाइरहनु हुनथ्यो मलाई । जनयुद्धमा सहिद भएको दाईको बारेमा लेखेको लेख थियो। काठमाडौंमा दिदिले मेरो लेख पढ्न सकेन भाई भनेर फेसबुकमा म्यासेज छोडेको रहेछन। बराइनमा भएको अंकलले नि मैले तिम्रो लेख पढ्न सकेन बाबु भनेर म्यासेन्जरमा  छोडेको रहेछ। फेसबुकमा  धेरैले लेख सत्य नै हो त भनेर सोध्नेहरु नि थिए। मलाई सधैं गाली गर्नेहरु मलाई सरि सर भन्दै थिए।

त्यही भिडमा एउटा अचम्म किसिमको म्यासेज आयो। दाई तपाईंको लेख पढे साह्रै मन दुख्यो प्लिज दाई मलाई बहिनी बनाउनु हुन्छ? नाम मन्जु तामाङ थियो। म हतारहतार उसको प्रोफाइल खोलेर हेरे। उमेर १६,१७ वर्ष होला आखामा चस्म लगाएकि थिइ। केहि महिना अगाडि मेरो आफ्नै बहिनीले कहिल्यै नभुल्ने गरि म विरुद्ध फेसबुकमा स्टाटस पोष्ट गरेको कुरा सम्झे। काठमाडौं कलेज पढ्दै गरेकि मेरी बहिनीलाई ” जमाना खराब छ खराब केटाहरुको धेरै संगत नगर्नु ल बहिनी भनेर” सम्झौदा उल्टो मलाई बहिनीले  ”  फेस्बुकको वालमा चाहि खुब परिबर्तनको कुरा गरेका छन् तर सोचाइ भने कति सँकुचित छ लौ हेर बिजोग, सबैभन्दा पहिलो त आफ्नो सोच बदल्नुहोस अनि बल्ल परिवर्तन अनि बिकासको कुरा गर्नुहोस् ।  ” भनेर लेखेको स्टाटस बेस्सरी याद आयो। एकदमै मन रोएको थियो ।  एकै छिनमा मन्जु तामाङले फेरि एसएमएस  गरिन ‘ दाई के भयो भनेर! मैले ठिक छ,हस आङा भनेर  रिप्लाई गरे।

मन्जु बहिनीसंग लामो कुरा भयो! उ धेरै खुसि भएकि थिईन । म अब सबैलाई तपाईं मेरो दाई भन्छु ल भनेर एसएमएस गरिन , मैले  हस नानु हस दुनियाँ सबैलाई भन्नु अनिस मेरो दाई भनेर आजबाट तिमी मेरो सानो गुडिया जस्तो आङा ल भने” हामी विच है हेलो भइरहनथ्यो। उ कति धेरै बोल्न खोज्थिन  तर म व्यस्तताको कारणले बोल्न पाउदैनन् थिए। म जति खेरअनलाइन आए पनि दाई भनेर बोलीहाल्थि। लाग्थ्यो पुर्व जन्ममा मेरो आफ्नै बहिनी थिइन् उनि । एक दिन मैले तिम्रो स्वर सुन्न मन लाग्यो कल गर्नु त आङा भने उसले मेरोमोबाइलबाट कल नै हुदैन भनिन। मलाई लाग्यो उसले झुठ बोल्दै छिन सायद लजाएकि होला भनेर म आफैले कल गरे तर उसले उठाइनन। मैले कल नउठाए नि भ्वाईस  एमएमएस त गर नानु भने उसले रिप्लाई नै गरिनन् । सधैं दाई दाई भनेर उफ्रिने उनि किन  रिप्लाई गरिनन्  भनेर खल्लो लागिरहेको थियो।

दिनभरि अनलाईन आइनन । मैले फेरि एसएमएस गरे “दाई पनि भन्ने दाईसंग बोल्न नि लजाउने त लाटी” उसले मात्रै “सरि दाई” भने मैले त्यो दिनदेखि कहिल्यै फोनमा बोल्ने भनेर भनिन। एक दिन मेरो एकजना फेसबुक मित्र देश गोलेले म बिरुद्ध अजिव लाग्दो स्टाटस लेखेछन ” प्रचण्डको निर्देशनमा अनिस तामाङले मेरो ४ आना जग्गा कब्जा गर्यो” भनेर त्यो कमेन्ट् भित्र मन्जु आङा देश गोले संग खुब झगडा गर्दै रहिछन् मेरो दाईले कहिले तपाईंको जग्गा कब्जा गर्यो भनेर।

मैले त्यो स्टाटसको बारेमा खासै चासो दिइन। मलाई गाली गर्दा  मन्जु बहिनी लाई दुखेको देख्दा  लाग्यो भगवानले मेरो लागि साच्चै बहिनि नै पठाएका  रहेछन। मलाई कसैले गाली गर्दा  मेरो आफ्नो बहिनी खुसिले गाली गरेको कमेन्ट्हरुमा लाइक ठोक्दै बस्छिन  तर अपरिचित बहिनीले मलाई देखाएको मायाले म एकदमै खुसी थिए। म विदेशमा वसेर नि फुर्सदको समय समाजसेवामा लागिरहेको छु। विदेशमा अलपत्र परेको मजदुरहरुको हकहितको लागि काम गर्दै आइरहेको छु। पछिल्लो चरण युएईमा अलपत्र परेको ३० जना नेपाली युवाहरुलाई उद्धार गरेर आउदा सबै भन्दा  पहिले मन्जु नै खुसि भएकि  थिइन्। सुनेको थिए रगतको नाता भन्दा भावनाको नाता हजार गुणा चोखो हुन्छ भनेर हो रहेछ। एकदिन मैले शेर बहादुर देउवाको क्यारिकेचर गरेको भिडियो फेसबुकमा हालेको थिए मन्जुले ”मैले त गित होला भनेको त आमाले भन्नु भएको भाषन पो रहेछ रे “”। उसले बोलेको कुराहरु अजिब अजिब लाग्न थाल्यो, के उसले हामीले बोलेको सुन्दैन र ? किन यसले यस्तो बोल्यो भनेर मनमा कुरा खेलिरहेको थियो तर सोध्ने हिम्मत नै भएन।

प्रत्यक शुक्रबार म सामाजिक सेवाको लागि यताउता गइरहेको हुन्छु। अरुले जाँड रक्सी र केटीमा उडाउनै पैसा म सामाजिक सेवामा प्रयोग गर्ने गर्छु।। यो शुक्रबार नि संगठनको शिलशिलामा साथीहरूसंग राजनीतिक भेटघाट थियो। म दिन भरि त्यतै व्यस्त भए, साँझ ट्याक्सीमा सुसान अचार्य र प्रवेग दोङसंगै थिए। हामी कोठ तिर हुइकिदै थियौ । मैले मोबाइल निकाले मन्जु बहिनीले एसएमएस  गरिकि हेरे तर गरेको छैन रहेछ। म फेसबुकको वालमा हेर्दै जाँदा मेरो आत्मिय साथी दिल कुमार पाख्रिनले मन्जु बहिनीको बारेमा लेखेको स्टाटस पढे म छाँगाबाट खासे जस्तै भए। म हतार हतार मन्जुलाई म्यासेज गरे ” आङा कस्तो तिमीलाई , तिमीलाई यत्रो ठुलो रोग लागेको रहेछन मलाई भनेन है, तिमीले दाईको नाता दियो तर दाई सोचेनौ” भनेर भने  मन्जु अनलाइनमा रहिछ  उसले  रुदै ” सरि दादा” भनेर रिप्लाई  गरि। यति धेरै छाति पोल्यो कि, मसंग प्रत्येक दिन दाई भनेर बोल्ने मेरो आङाले यत्रो ठुलो समस्या  लुकाएर नि मसंग हाँसी हाँसी बोल्थिन। उसले १२ वर्षको उमेर मै अचम्म किसिमको रोग लागेर दुई ओटै  कान गुमाइसकेकी रहिछ ।  सामान्य किसान कि छोरी उनिसंग उपचारको लागि पैसा नभएकै कारण आज उनि यस्तो अवस्थामा जिन्दगी बिताउदै रहेकि  छ , कुनै यस्तो किसिमको रोगहरु नि हुन्छ विस्तारै कान नसुन्ने, आखा नदेख्ने, स्वर समेत हराउदै जाने अन्तत ज्यानै जान सक्ने। तर उसलाईके रोग लागेको हो  आज सम्म पत्ता लागेको छैन रहेछ।

 हाम्रो मन मिल्ने साथीहरूको एउटा फेसबुक ग्रुप छ ” साथीसंग मनका कुरा” भन्ने त्यसमा नि मन्जुलाई जोडेको थिए हामी भ्वाइस एसएमएस कुरा गर्थौ , बोल्थे जिस्किन्थे। तर उसले कहिल्यै उसको मनको कुरा हामीलाई भनिनन।आज ढिलै भए नि उसको बारेमा थाहा पाएको छु। उसले दाईको नाता दिएकी छिन त्यसैले मैले दाईको कर्तव्य निभाउनै पर्छ। आफ्नो कहिल्यै आफ्नो भएन जसले मलाई आफ्नो सम्झिइन् उसको लागि मैले केहि गर्नै पर्छ। सपना छ मन्जु आङाको हातबाट तिहारमा सयपत्री माला लाएर टिका राख्ने, मैले  भत्याउदा उसले दैउसिरे भन्ने बनाउने, मेरो परिवर्तन  अवाजहरु सुनेर ताली पट्काउने बनाउने, ल्छोछारको सेलो धुनमा मसंगै नचाउने तर थाहा छैन म सफल हुन्छु  कि हुन्न तर म जोडदार प्रयास भने गर्ने छु।

सेवा नै धर्म हो तपाईंहरुले नि केहि सहयोग गरेर मेरि बहिनीको जिवनमा खुसिको उमंगहरु फर्काउनलाई सहयोग गर्नु हुन्छ भनेर आसा गरेको छु।

         — अनिस तामाङ

Loading...

यसमा तपाइको मत