हार्दाहार्दै जितेको माओवादी र जित्दाजित्दै हारेको एमालेकांग्रेस !!


हार्दाहार्दै जितेको माओवादी र जित्दाजित्दै हारेको एमालेकांग्रेस !!

अनिस तामाङ

राजनीति भित्र कतिपय अवस्थमा हार्दाहार्दै जितेका हुन्छन त कतै जित्दाजित्दै हार पनि ! यो पटक यस्तै भएको छ स्थानीय निर्वाचनमा पनि, अधिकांश ठाउहरुमा माओवादी अंक गणितीय हिसाबले संख्यात्मक रुपमा पछि भएको छ भने नेकपा एमाले र नेपाली कांग्रेस अगाडि छन । तर गहिरिएर विश्लेषण गर्दा हार्दाहार्दै माओवादीको सैद्धान्तिक एजेन्डाहरुको जित भएको छ भने भने एमाले कांग्रेस जित्दाजित्दै पनि नमिठो हार भएको छ। विगतमा माओवादीले उठाएको मुद्दाहरुमा एमाले कांग्रेसले आलटाल गर्दै विभिन्न बहानाबाझी गर्दै राजनीतिक अस्थिरता पैदा गरेको सत्ता स्वार्थ र पद लिप्तको लागि मात्रै थियो भन्ने कुरा पुष्टि भएको छ।

२०५४ सालको स्थानीय निर्वाचनमा एमाले नेता बामदेव गौतम गृहमन्त्री हुनुहुन्थ्यो । प्रशासनको गलत प्रयोग गरेर एमालेले बहुमत ल्याएको थियो। पहिला पहिला जसको सरकार जो गृहमन्त्री त्यसेैको पार्टीलाई जित्ने जिताउने परम्परा नै बसिसकेका थिए तर यो पटक माओवादीले आफु जिताउनको लागि हैन राष्ट्र जिताउनको लागि अग्रसर थिए यो पहलकदमी स्वागतयोग्य छ । हुन त यो ऎतिहासिक स्थानीय निर्वाचन पहिलापहिला पञ्चायत व्यवस्थाको जस्तो निर्वाचन हैन। यो अधिकार र विकास संग जोडिएको एजेन्डाको निर्वाचन पनि हो। सिंहदरबारको बन्द कोठा भित्र सिमित अधिकारलाई गाउँ गाउँ पुर्याउने निर्वाचनलाई हिजो कै पञ्चेहरु निर्वाचन जस्तो सोच्छन भने त्यो गम्भीर त्रुटि हुन जान्छ ।

निर्वाचन भए पछि मात्रै संविधान कार्यनयनको दिशामा अगाडि जाने जनताले प्रत्येक्ष गणतन्त्रको स्वाद चाख्ना पाउने भएकोले पनि निर्वाचनमा हार जित हेरेर बस्नु हुदैन माओवादीले रगत संग साटेर ल्याएर एजेन्डाहरु कार्यनयनको बाटो डोर्‍याइसकेका छ । संघीयता, गणतन्त्र, धर्म निरपेक्ष, समानुपातिक समाबेशिता, मौलिक अधिकार पहिचानको मुद्दाहरु अब जनताले बुझ्नेछन । कि माओवादीले उठाएको मुद्दा के रहेछ भनेर जनतामा एक प्रकारको भ्रम थियो माओवादीले जातिय कुरा उठायो, संघीयता भनेर देश विखण्डन गर्ने भयो भनेर । यि कुराहरु माओवादीले लाख कोशिश गर्द पनि बुझाउन सकिरहेको थिएन किनकी मिडिया माओवादीको पक्षमा छैनन् । अब प्रत्येक्ष रुपमा संघीय गणतन्त्रको माटो संग खेल्दै हिजो सिंहदरबारमा सिमित अधिकारहरु गाउँ गाउँमा उपयोग गर्न पाए पछि जनताले बुझ्नेछन कि माओवादी सहि रहेछ कांग्रेसएमालेले हामीलाई भ्रम छरेको रहेछ भनेर। माओवादीले आफ्नो एजेन्डालाई त्यसको क्रेडिट माओवादीलाई नै जाने हो । जनतालाई भ्रम छरेर कांग्रेस एमालेले चुनाब जिते पनि त्यो जित भित्र माओवादी एजेन्डाको उदय भएको छ। यसमा सबैले गर्ब गर्नै पर्छ।

कांग्रेस एमाले जित्दाजित्दै किन हार ?

स्थानीय निर्वाचन कांग्रेस एमालेको जिते भए पनि इतिहासले भने माओवादी र प्रचण्डलाई जितको श्रेय दिने छ । अन्तत आफु हारेर भए पनि देशलाई जितायो, हजारौं सहिदहरुको रगत संग साटेर ल्याएको एजेन्डालाई जितायो भनेर। प्रचण्डको नेतृत्वमा जनताका छोराछोरीहरुले महाभारतको लेकहरुमा शैलुङको डाँडाहरुमा, थवाङको बस्तीहरुमा निरंकुशताको विरुद्ध परेड खेल्दै गर्द एमाले कांग्रेसका नेताहरु राजालाई विष्णु भगवानको अवतार मान्दै कुर्सीको भिख माग्न सिंहदरबारमा राजाको पाउमा दाम चढाएर ‘महाराज मलाई प्रधानमन्त्री बनाइ बक्सियोस् ‘ भन्दै लम्पसार पर्दै थिए । अहिले राष्ट्रबादी भइखाको ओली त हिजो सम्म नि गणतन्त्र भनेको बयलगाडा चढेर अमेरिका जानु हो, संघीयता भनेको आयतित मुद्दा हो भन्ने गर्थे। आज त्योही गणतन्त्रको प्रधानमन्त्री भएर माओवादीलाई गाली गर्न पाउदा कहिलेकाही त म सपनामा त छैन भनेर टाउकोमा प्याट्ट हिर्काउदा हुन । नेपालमा यति छिटो निरंकुशता ढल्छ, गणतन्त्र आउछ, संघीयता लागु हुन्छ भनेर ओलीहरुले जिवनमा झुक्केर पनि सोचेको थहुनन तर त्यो प्रचण्डहरुले गरेर देखाए । एक धर्म, एक जात, एक संस्कृतिमा बाहेक अरुमा राष्ट्रियता नदेख्ने एमालेहरुलाई आज समानुपातिक समाबेशिताको मुद्दा मासुभात संग पत्थर चपाए झै भएको छ ।

माघ भित्रमा निर्वाचन सम्पन्न गर्न नसके संवैधानिक संकट उत्पन्न हुन्थ्यो,अर्को कुनै ठुलै शक्तिले निरंकुशता लाद्ने खतरा प्रचण्डको दुरदृष्टिले देखिसकेका थिए। निर्वाचन आफ्नो अनुकुलतामा नआउने कुरा पहिलै जानकार नै थिए तर पनि प्रचण्डले निर्वाचन गरेर आत्मघाती गरे । तर त्यो आत्मघाती भित्र जित थियो भन्ने कुराको अक्कल कमैले गरेका छन। निरन्तर क्रमभंगत गर्दै उपलब्धि हाँसिल गर्नु, माक्र्सवादी सिद्धान्तालाई समय अनुकुल वैज्ञानिक ढंगले प्रयोग गर्नु प्रचण्डको नयाँपन हो । विप्लवहरु यसलाई आत्मसमर्पणबाद भन्ने गर्छन तर बास्तबमा यो नयाँ छलाङ हो भन्ने कुरा इतिहासले पुष्टि गरिसकेको छ । त्यसैले प्रचण्डले आफु हारेर आफ्नो एजेन्डा स्थापित गर्नु नै उपलब्धि हो । कांग्रेस एमालेका नेताहरुले सुइकार्न नसकेका गणतन्त्र , संघीयता, धर्म निरपेक्ष , समानुपातिक समाबेशिता, मौलिक अधिकार जस्तो मुद्दाहरु जबर्जस्ती प्रचण्डले हरियो घास देखाइ देखाई लुत्रुक्क परेर आउन बाध्य बनाए। त्यसैले कांग्रेसएमाले जित भित्र माओवादी एजेन्डाको उदय भयो ! जनताको जित भयो ।

टुप्पो देखि पुच्छर सम्म माओवादीको एजेन्डामा रहेर सम्पन्न भएको स्थानीय निर्वाचनमा माओवादी अत्याधिक बहुमतले जित्नु पर्ने हो । तर ठिक उल्टो भयो । केराको बोक्रा माओवादीले फाल्यो भित्रको गुदि कांग्रेस र एमालेले खायो। यस्तोमा कमिकमजोरी सबैको छ। पहिलो कमजोरी माओवादी फुट नै हो। एक विशाल शक्ति यसरि पाँच टुक्रामा विभाजित हुदा शक्ति विकेन्द्रीकरण भयो। फुट मात्रै भएन एकले अर्कोलाई सिध्याउन हात धोएरै लागे यसको फाइदा हिजो कै पञ्चे प्रवृत्तिका जन प्रतिनिधिहरुले उठाए। जसको एजेन्डा उसैको जित नभइ जसको भ्रम उसलै झ्वाम पार्यो स्थानीय निर्वाचन हुन पुग्यो ।

माओवादी हार्नुको दोस्रो कारण अर्कोमा मपाई प्रवृत्ति। एकले अर्कोलाई नेता मान्ने अवस्थ छैन माओवादीमा हिजो र आजमा धेरै फरक भइसक्यो माओवादी नेता कार्यकर्ताहरुमा। प्रचण्डलाई नेतृत्व मान्न नसक्ने बाबुराम वैद्य विप्लवहरु बरु माओवादी क्रान्ति समाप्त होस अरु भन्द मुनि बसिन्न भन्ने दम्भ र पदलिप्ताको कारण माओवादी फुट्यो यस्तै प्रवृत्ति केन्द्र देखि गाउँ इकाई सम्म छ। जनयुद्ध पछि आएकाहरुले अनपढ, गोबर भिजन नभएको भनेर हिजो युद्ध लडेका नेता कार्यकर्तालाई अलि कति नि गन्दैन अनि हिजो युद्ध लडेर आएकाहरु हामी त हिजो देखि युद्ध लडेर आएका हौँ हिजो भर्खर शान्तिकालमा भाग खाना आएकालाई किन नेता मान्ने भन्ने किसिमको भाव प्रस्तुत हुन्छन् । एकअर्कको अस्तित्व सुइकार गर्न नसक्द विवाद भयो अनि त्यसको फाइदा कांग्रेस एमालेले लियो।

माओवादी हार्नुको तेस्रो कारण मौनता पनि हो। यो पटकको एमालेले चुनाब मिडियाबाजी र सामाजिक संजालमा भ्रम फैलाएरे जितेका हुन। होइन भने एमालेको एजेन्डा हेरे वृद्ध भत्ता विकासका काम हेरे सपनामा लड्डु खाएको कुरा बाहेक पाउदैन । एमालेले गल्ती नै गरेको भए पनि जोडतोडको साथ तुरुन्त वक्तव्य निकालेर अरुको आरोप खण्डन गर्छन जनतामा सकारात्मक सन्देश जान्छ तर माओवादीलाई जति सुकै ठुलो आरोप लगाए पनि केन्द्रीय नेताहरु कोही बोल्दैन । प्रवासमा रहेका माओवादी संगठनहरुले प्रेस वक्तव्य निकाल्दा समेत केन्द्रबाट आरोपको खण्डन गर्दैनन अनि जनतामा नकारात्मक सन्देश फैलिन्छ । माओवादी केन्द्रीय सदस्य मात्रै ४ हजार माथि छन तर कसैले आज सम्म नेतृत्व र पार्टी बचाउ गरेर लेखेको भेटिदैन। जब पार्टी पदको भागभण्ड मिल्दैन नारायणकाजीहरु रातको १२ बजे सामाजिक संजालमा पार्टीलाई क्षति हुने गरि लेख्छन तर पार्टी र सरकारले गरेको सकारात्मक कुराहरु प्रचार गर्दैन यसले गर्द माओवादीले गरेका कामहरु जनताले बुझ्न सकेनन् ।

माओवादी हार्नुको अर्को कारण स-साना पहिचानबादी दलहरुको कारणले पनि १ माओवादीको जस्तै एजेन्डा बोकेका साना दलहरुको कारणले पनि माओवादीको भोट काटियो। जतिपनि साना दलहरु छन हिजो कै माओवादी कार्यकर्ताहरु छन। उनिहरुले स्थानिय लेबलमा कांग्रेस र एमालेलाई खासै असर गर्न सकेन किनकी कांग्रेसएमाले र साना दलहरुले उठाएको मुद्दा बिलकुल फरक छन। मुद्दा नै फरक भए पछि मातादाताहरु पनि फरक नै हुन्छन तर साना दल र माओवादीको एजेन्डा त बिलकुल एउटै छ । मात्रै माओवादी हात माग्द उनिहरु औला मागेर हामी छुट्टै भनेर देखाउन खोजेका छन तर सारमा हेर्ने हो भने एउटै हुन।

त्यसैले केही मात्रै भए पनि माओवादीको भोट साना दलले काटयो यसको फाइदा एमालेले लियो यसरी विभिन्न सङघर्षहरुबाट उदय भएको माओबादी शक्ति अन्तत स्थानीय निर्वाचनमा हार बेहोर्न बाध्य भएता पनि आफ्नो एजेन्डाको जित गराउन सफल भएको छ । माओवादी एजेन्डाको जित हुनु आम नेपाली जनताको जित हुनु हो । एमाले काग्रेस जति नै ठुला दल बनुन जतिसुकै सिट जितुन आखिर उनिहरुको हार भएको र माओवादी एजेन्डाको जित भएको आम जनताले महसुस गर्न पाउने छन । तसर्थ यो स्थानीय निर्वाचनमा माओवादीले सिट हारे पनि एजेन्डा जिताउन सफल भएको छ ।

Loading...

यसमा तपाइको मत