सुराचले पुरा गरे रक्षाको रहर …


काठमाडौं । चलचित्र धनपतिबाट एकाएक चर्चामा आएकी नायीका सुरक्षा पन्तको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । नाइनलको सारी बोलको गीतबाट नेपाली सांगीतमा उदाएका गायक सुराच प्रसाईको नयाँ म्युजिक भिडियोमा नायीका सुरक्षा पन्तलाई देख्न सकिनेछ ।
दशँै तिहार नजिकिँदै जाँदा बिदेशीएका लाखौँ युवाहरुको मर्म समेटिएको यस गीतमा सुरक्षालाई गायक सुराच स्वयमले अभियनमा साथ दिएका छन् । दशँै तिहारमा घर फर्कने र आफ्नी मायालुसँग पोखरा, दार्जिलिङ्ग, काठमाडौं लगायतका बिभिन्न रमणीय ठाउँहरु घुम्ने रहर बुनिएको यस गीतमा गायक आफैंले शब्द, संगीत भरेका छन् ।
“गन्दर्भ लोक शैलीलाई मोर्डन फ्युजन गरेको छु”, गीतबारे गायक प्रसाईले भने “दशाँै लाख बिदेशीएका युवाहरुको साझा गीत हो यो” उनी अगाडि थप्छन । बिभोर पोखरेलले निर्देशन गरेको भिडियोलाई अनिल के मानन्धरले छायांकन गरेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् । अघिल्लो बर्ष दशैं अघि युट्युबमा अप्लोड गरिएको भिडियो सम्पादनमा केही दृष्य थपघटका लागि भन्दै एकसाता पछि नै हटाइएको थियो ।

यसमा तपाइको मत