एनआरएन बेल्जियमको अध्यक्षमा लोक दाहालको पक्षमा माहोल बन्दै ( हेनुहोस भिडियो)


बेल्जियम । गैर आवसीय नेपाल संघ (एनआरएन) बेल्जियमको आगामी नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षमा वर्तमान महासचिव लोक दाहालको पक्षमा माहोल बन्दै गएको छ । सामाजिक कार्यमा क्रियाशिल दाहालको पक्षमा बेल्जियममा क्रियासिल राजनीतिक दलका भातृसंगठनहरु लागेका छन । अहिले अधिबेशन नजिकदैं गर्दा चुनावी सर्गार्मी बढेको छ । लामो समय देखि बेल्जियमलाई आफ्नो कर्म थलो बनाउदै आएका दाहालले यूरोप तथा बेल्जियमा आफ्नो प्रशिद्धि कमाएका छन । महासचिव हुदाँ थुप्रै लोकप्रियता कमाएका दाहालले आगामी २ बर्ष ९२०१७–२०१९० कार्यकालका लागि उम्मेदवारी दिएका थिए ।

सफल ब्यवसायीको रुपमा उनी परिचित छन । नेपाली तथा बिदेशी दुवै गरेर उनको ब्यवसायमा ३८ जनाले रोजगारी पाएका छन ।बेल्जियमको आन्तोर्पेनलाई आफ्नो कर्म क्षेत्र बनाउँदै आएका दाहाल सन १९९९ देखि बेल्जियममा व्यवसाय गर्दै सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन । जनप्रगतिशिल मञ्चको वरिष्ठ उपाध्यक्ष समेत रहेका दाहाल सन २०१३ देखि २०१५ सम्म नेपाली ब्यवसायी संघ बेल्जियमको महासचिव भएका थिए ।

बेल्जियमको राष्ट्रिय भाषा डचको राम्रो ज्ञान भएका दाहाल २०७२ वैशाख १२ गते नेपालमा आएको महाविनाशकारी भूकम्प पश्चात ‘पिपुल टु पिपुल बेल्जियम’ संस्था मार्फत बेल्जियमका प्रख्यात डाक्टर लिएर भुकम्प पिडीतको घाउमा मलम पट्टी लगाउन तुरुन्तै नेपाल पुगेका थिए । धादिङ जिल्लामै जन्मिएका दाहाल भुकम्पमा धादिङ जिल्लाको ग्रामिण भेगहरुमा स्थानिय जनताको उपचार र राहत लिएर पिडितका घर–घर, टोल- टोल पुगेका थिए । आफूले चुनाव जित्ने आधार भनेकै समाज सेवा र माया गर्दै साथ दिने बेल्जियमस्थित एनआरएनका सदस्य रहेको उनले बताए ।

उनले सकेसम्म आफू सर्वसहमतिमै अध्यक्ष हुने दाबी गरे । अहिले आफ्नो पक्षमा राम्रो माहोल भएको उनी बताउँछन । उनले नेपालमा भर्खरै गएको बाढी पिडितका लागि उनले एनआरएन बेल्जियम मर्फत १ हजार युरो सहयोग गरेका छन । बेल्जियममा सामाजिक काम गरेर राम्रो प्रशिद्धि कमाएका दाहालले आफुले निर्वाचनमा पराजय भोगे भने पनि आफ्नो दायित्वमा कुनै कमी नआउँने   बताए ।

यसमा तपाइको मत