‘घर त ठिमी’ भन्दै स्मृतिले सरोजलाई लगे आफ्नै कोठामा (हेर्नुस् भिडियोसहित)


पछिल्लो समय नेपाली गीतसंगीतका पारखीहरु बीचमा चर्चामा रहन सफल गायिका हुन स्मृति गौतम फेरी घर त ठिमी भन्ने नयाँ गीत बजारमा ल्याएका छिन् । उनले यस अघि पनि निकै नै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेकी गायिका गौतमले पछिल्लोपटक निकै भिन्न र उत्कृष्ट शब्द र लयमा “घर त ठिमी ” बोलको गीत सार्बजनिक गरेकि छिन् ।
उक्त गीतमा उत्कृष्ट शब्द र संगीत भने गायक तथा संचारकर्मी सरोज लामिछानेको रहेको छ । गीतमा स्मृति गौतमलाई साथ दिएका छन् गायक तथा संचारकर्मी सरोज लामिछानेले ।
निकै रोमान्चक ढंगले तयार पारिएको यस गीतको म्युजिक भिडियोमा निर्देशन भने प्रकाश भट्टले गर्नुभएको छ । मोडल करिश्मा ढकाल र दिनेश थापाको न्यृत्य र गायिका स्मृति सरोज लामिछानेले उत्कृष्ट अभिनय गरेका छन् । भिडियोमा छायांकन राजेश घिमिरे र बासु सर्माको सम्पादन रहेको छ । उक्त गीतलाई बिन्दाबासिनि म्युजिकले बजारमा ल्याएको छ ।
गीतको सफलताको लागि त्रिशुली टाईम्सको तर्फबाट पनि हार्दिक शुभकामना ।

यसमा तपाइको मत