आफ्नै मृत्युको तयारीमा बित्यो दुई वर्ष, तर…..


एजेन्सी – भनिन्छ- मानिसलाई मृत्युले भन्दा मृत्युको डरले चाँडै मार्छ । मृत्युको डरमा नै एक महिलाको दुईवर्ष बितेको छ । उक्त महिलालाई क्यान्सर भएको र उनको चाँडै नै मृत्यु हुने बताइएको थियो ।

त्यसपछि ती महिलाले आफ्नो मृत्युको तयारी गरिन् । आफ्ना बच्चाको नाममा एउटा भावुक चिट्ठी लेखेर आफू सँगै राखेकी थिइन् तर दुई वर्षपछि ती महिलालाई थाहा भयो कि उनको क्यान्सरको खबर गलत रहेछ ।
ब्रिटेनकी ३४ वर्षीया डेनिस क्लार्क आफू क्यान्सर पिडित भएको खबर सुनेर निकै विक्षिप्त भएकी थिइन् । आफू थोरै दिनको पाहुना भएको थाहा पाइसकेपछि उनको आफ्नो छोरासँग जति सक्दो धेरै समय बिताउने गरिन् । छोराको नाममा उनले एउटा भावुक पत्रपनि लेखेर राखिन् र आफ्नो अन्तिम संस्कारसम्मको तयारी गरेकी थिइन् । क्लार्कलाई सन् २०१० मा सर्वाइकल क्यान्सर भएको बताइएको थियो त्यसपछि उनले उपचार गर्न सुरु गरेकी थिइन् ।
उपचारमा उनको करिब आठ लाखसम्म खर्च भयो । सन् २०११ को नोभेम्बरमा जब क्लार्कले दोस्रो पटक उपचार गरिन् तब उनको क्यान्सर निकै बढेको बताइयो । डाक्टरहरुले उनको उपचार गर्नसमेत मानेका थिएनन् । करिब दुई वर्षसम्म क्लार्क मृत्युको छाँयामा बाँचिरहिन् । यहि क्रममा उनलाई एकदिन केहि सजिलो महसुस भयो र जाँच गर्ने क्रममा उनलाई क्यान्सर हुँदै नभएको थाहा पाइन् ।

Loading...

यसमा तपाइको मत