अदालतको आदेशपछि नेपाल आइडल जंगियो, गर्यो ९ प्रश्न


२२ भदौ,काठमाडौं । अदालतको आदेशसँगै चर्चित तर विवादित नेपाल आइडल र एपीवान टिभीले सामाजिक सञ्जाललमार्फत आक्रोश पोखेको छ । जिल्ला अदालत काठमाडौंले भोट गणना नगर्न अल्पकालिन अन्तरिम आदेश दिएपछि उक्त टेलिभिजन र आइडलले विभिन्न ९ प्रश्न गरेको छ ।

अदालतको फैसलासँगै ‘एपिवान टेलिभिजन’ र आइडलले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्दै विभिन्न ९ प्रश्न गरेको हो ।
आयोजकले अदालतको निर्णयबाट शोको विरोध गर्ने र नेपाली मिडियालाई परनिर्भरतामा लैजान खोज्नेहरु खुसी भएपनि आइडलका चार प्रतिश्पर्धीको भविष्यबारे प्रश्न उठाएको छ ।

यस्तै अन्तराष्ट्रिय फ्रेन्चाइज्ड शोको नियमअनुसा नै किन सबै प्रक्रिया गर्न नपाइने भनि प्रश्न गरिएको छ भने अन्तराष्ट्रिय फरमेट अनुसार एपीवानले भोटिङका लागि गरेको आह्वानमा गरिएको विरोधप्रति पनि प्रश्न गरिएको छ । यस्तै नेपाली दर्शकका लागि अन्तराष्ट्रिय फ्रेन्चाइज्ड ल्याउनै नदिने हो ?,

अब सिधै विदेशी च्यानलको कार्यक्रम हेरेर पैसाको पोको बोकेर विदेशीकै लागि नेपालीले भोट दिनुपर्ने हो त ?, अदालतमा मुद्दा हाल्ने यज्ञमणि न्यौपानेले कति भोट गरेका छन् ? भन्ने प्रश्न आइडलले गरेको छ । यस्तै न्यौपानेले सत्यतथ्य बाहिर आउँदा समाजलाई कसरी मुख देखाउलान् ?, भोट हाल्न कसले करकाप गरयो ? सो बन्द गराउन खोज्दा फाइदा कसलाई हुने हो भन्ने जस्ता प्रश्न पनि गरिएको छ ।

यसमा तपाइको मत