६ महिनामा पौने १९ लाख हवाई यात्रु


काठमाडौं, भदौं २७ । नेपालमा उडान गर्ने २७ अन्तर्राष्ट्रिय एयरलाइन्सले सन् २०१७ को पहिलो ६ महिनामा १८ लाख ७३ हजार १ सय ९९ यात्रुलाई सेवा दिएका छन् । जुन गत वर्षकोभन्दा १३ प्रतिशत अर्थात २ लाख १२ हजार ४ सय १८ ले बढी हो । यो वृद्धिदर पछिल्ला वर्षहरूकै सबैभन्दा बढी हो ।

सन् २०१६ को पहिलो ६ महिनामा १६ लाख ६० हजार ७ सय ८१ यात्रुलाई सेवा दिएका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार ६ महिनामा १६ हजार ४ सय ६९ उडान भएको खवर आजको कारोवार दैनिकले समाचार छापेको छ ।

कार्यालयका अनुसार सन् २०१७ को जनवरी महिनामा २ हजार ६ सय ६७ उडानमार्फत ३ लाख १८ हजार ८ सय ३८ यात्रुलाई सेवा दिएका छन् । त्यस्तैगरी फेब्रुअरी महिनामा २ लाख ६६ हजार १ सय ४३ हवाई यात्रु पुगेका छन् ।

फेब्रुअरीमा २ हजार ५ सय ४९ उडान भएका छन् । मार्चमा भने २ हजार ९ सय ३२ उडान मार्फत ३ लाख ५३ हजार ८ सय ६२ लाख हवाई यात्रुले सेवा लिएका छन् । अप्रिलमा २ हजार ८ सय ७ उडानमार्फत ३ लाख ५६ हजार २ सय ६२ हवाई यात्रुले सेवा दिएका छन् ।

मे महिनामा ३ लाख १५ हजार ३ सय २३ हवाई यात्रुले सेवा पाएका छन् । जसमा २ हजार ८ सय ८५ उडान भएका थिए । त्यस्तै, जुन महिनामा २ हजार ६ सय २९ उडान मार्फत २ लाख ६२ हजार ७ सय ७१ हवाई यात्रु पुगेका थिए ।

सन् २०१६ मा अन्तर्राष्ट्रियतर्फ २७ हजार १ सय १८ उडान मार्फत ३५ लाख १० हजार ७ सय ४२ यात्रुले सेवा लिएका थिए । यसवर्षको हवाई यात्रु ट्रेन्ड हेर्दा ४० लाख भन्दा बढी हवाई यात्रु पुग्ने अनुमान विमानस्थल कार्यालयले गरेको छ ।

Loading...

यसमा तपाइको मत