पुराना पार्टीहरुले महिलालाई साडी र त्यस भित्र हजारको नोट बाँडेको भेटियो : प्रचण्ड


सिन्धुली, भदौ २७ । चुनावी प्रचारका लागि मधेशका आठ जिल्ला भ्रमण गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुली पुगेर तेस्रो चरणको चुनावबारे प्रतिक्रिया दिँदै मधेशको चुनावमा पैसा, रक्सी र मासुले प्रभाव पार्ने बताएका छन् ।
उनले मधेशीहरु पैसा, रक्सी र मासुका लागि मात्र मतदान गर्ने गरेको टिप्पणी गरेका छन् ।
सोमबार सिन्धुलीमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले मधेशको चुनावमा पैसा, रक्सी र मासुले प्रभाव पार्ने बताए । ‘पुराना पार्टीहरुले प्रत्येक महिलालाई एउटा साडी र त्यस भित्र हजारको नोट बाँडेको भेटियो,’ उनले भने ।

यसमा तपाइको मत