चामल बोरामै डेढ सय बढ्यो


काठमाडौं, भदौं २८ । तराईमा आएको बाढीको नाममा ठूला व्यापारीले चामलको थोक मूल्यमा चर्को वृद्धि गरेका छन्। व्यापारीले बाढीका कारण मागअनुसार आपूर्ति नभएको दाबी गर्दै आफूखुसी चामलको मूल्य वृद्धि गरेका हुन्। थोक मूल्यमा भएको वृद्धिसँगै चामलको उपभोक्ता मूल्य पनि बढेको छ।

बाढीको नाममा तरकारी बिक्रेताले आफूखुसी तरकारीको मूल्यवृद्धि गरिरहेको अवस्थामा खाद्यान्नसम्बन्धी थोक बिक्रेताले पनि प्रतिबोरा चामलमा एकैपटक एक सय २५ रुपैयाँसम्म वृद्धि गरेको खवर आजको अन्नपूर्ण पोष्ट दैनिकले खवर छापेको छ ।

थोक व्यवसायीले सोना मन्सुली, जिरा मसिनो र बास्मति चामलको प्रतिबोरामा ८५ रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका हुन्। खुद्रा व्यापार संघले थोक बिक्रेताले बाढीको नाममा १० दिन अघिदेखि चामलको मूल्यवृद्धि गरेर बजारमा पठाउन थालेको जानकारी गराएको छ।

खुद्रा व्यापार संघका महासचिव राजकुमार श्रेष्ठका अनुसार असार महिनाको तुलनामा भदौ अन्तिम सातामा आएर थोक बिक्रेताले चामलको मूल्यवृद्धि गरी बजारमा पठाउन थालेको जानकारी दिए। श्रेष्ठका अनुसार थोक व्यवसायीले सोना मन्सुलीको एक बोरा ९२५ किलो० चामलमा ८५ रुपैयाँ वृद्धि खुद्रा व्यापारीलाई उपलब्ध गराएका छन्।

अहिले एक बोरा सोना मन्सुली चामलको उपभोक्ता मूल्य एक हजार तीन सय ७५ रुपैयाँ कायम गरिएको छ। असारमा त्यही चामल एक हजार दुई सय ९० मा बिक्री भएको थियो। खुद्रामा सोना मन्सुली चामल एक हजार चार सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ।

यस्तै असारमा प्रतिबोरा ९२५ किलो० एक हजार चार सय ५० रुपैयाँमा बिक्री भएको जिरा मसिनो चामलको मूल्यमा एक सय २५ रुपैयाँसम्म वृद्धि गरिएको छ। अहिले जिरा मसिनोको एक बोरा चामललाई उपभोक्ता मूल्य एक हजार पाँच सय ७५ रुपैयाँ कायम गरिएको छ।

खुद्रामा यही जिरा मसिनो चामल एक हजार ६ सय ९० सम्ममा बिक्री भइरहेको छ। यसैगरी असारमा तीन हजार रुपैयाँ प्रतिबोरा ९२५ किलो० बास्मतकीो चामल अहिले तीन हजार एक सय ५० मा बिक्री भइरहेको छ। बास्मती चामलको प्रतिबोरा एक सय ५० रुपैयाँसम्म वृद्धि गरिएको छ। खुद्रा व्यापारीले बास्मति चामल तीन हजार पाँच सयमा बिक्री गर्छन्।

यसमा तपाइको मत