यस्तो रहयो रेणुको ४० दिने कार्यभार


भरतपूर २८ भाद्र।
महानगरको मेयरमा निर्वाचित भएसँगै साउन २१ गते पदभार ग्रहण गर्दै रेणु दाहालले भरतपुर अस्पतालमा सेवा लिन आउने महिला र जेष्ठ नागरिकहरुलाई ओपिडी टिकट निशुल्क गर्ने निर्णय गरेकी थिइन । उक्त निर्णय कार्यन्वयमा आएसँगै लोकप्रियता बढेको छ ।

पदभार ग्रहण गरे लगत्तै श्रावण २७ र २८ गते आएको अबिरल बर्षा पछि भरतपुर महानगरका १३, २२, २७ र २८ वडाहरू डुबानमा परे ।
जिल्ला विपद व्यवस्थापन समितिको बैठकको अध्यक्षता गर्दै श्रावण २९ गते मेयर दाहालले बाढी पिडितको उद्धार र राहत व्यवस्थापनमा लाग्न सम्बन्धित निकायलाई तत्काल निर्देशन दिइन । साथै डुबान क्षेत्रमा अति जोखिममा परेका ३ सय भन्दा बढि विद्यार्थीहरुलाई उद्धारका लागि हेलिकप्टरद्धारा सुरक्षित स्थल तर्फ सारियो।

भाद्र ४ मा सम्पन्न महानगरको बोर्ड बैठकले बाढि पिडितका लागि राहत र क्षतिपूर्ती दिनका लागि प्रकृया अगाडि बढाउने निर्यण गर्यो । साथै बाढिका कारण क्षति भएका सार्वजनिक सरोकारका बाटो पुल लगाएतका भौतिक संरचनाहरुलाई यथावत स्थितिमा सुचारु बनाउन वडा कार्यलयहरुलाई निर्देशन सहित बजेट विनियोजन भयो ।
भरतपुर केन्द्रिय बस टर्मिनल र पोखरा बसपार्कमा वाईफाईको व्यवस्था गर्ने निर्णय कार्यन्वयनको प्रकृयामा छ, भने महानगर क्षेत्रमा रहेका नियन्त्रीत पशु चैपायाहरुको व्यवस्थापन गर्ने निर्णय महानगरले गरेको छ ।
महानगरको ट्राफिक व्यवस्थापनका लागि सवारी पार्किङलाई व्यवस्थित बनाउने उदेश्य सहित नारायनगण, शहिदचोक, लायन्सचोक, चौबिसकोठी, र भरतपुर गेस्ट हाउस चौरलाई प्रयोगमा ल्याउने निर्णय असोज १ गते देखि लागु गर्ने निर्णय महानगरले गरेको छ ।

साथै तीनपाङ्ग्रे सवारीका लागि जोर र विजोर नम्बर प्लेटका आधारमा संचालनमा ल्याउने तयारी महानगरको छ ।
भरतपुर महानगरपालिकाको ऐकिकृत बिकासकालागी २ अर्ब रूपैयाँ विनयोजन भएको छ । भाद्र २३ मा सम्पन्न एकिकृत सहरी बिकास सम्बन्धि अन्तरक्रियामा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल समेत उपस्थित भएका थिए । अन्तरकृया कार्यक्रममा शहरी बिकास मन्त्री प्रभू शाह , भवन बिभागका निर्देशक लगाएत केहि संसदहरूको समेत सहभागिता रहेको थियो ।
महानगरबासीको गुनासा सुन्ने र सम्बोधन गर्न सकिने विषयलाई सम्बोधनको चरणमा लैजाने काम भएको मेयर दाहलले बताइन । यसै विचमा महानगरको भौतिक पूर्वाधारहरुको विकास र चुनौतिहरुको पहिचान गर्ने काम भईरहेको मेयर दाहालले जानकारी दिइन ।

फलफूल तथा तरकारी बजारको ब्यावस्थापन, बिज्ञापन कर निर्धारणका साथै महानगरपालिका क्षेत्र भित्र रहेका सार्बजनिक जमिनहरूको खोजबिन गरी महानगर माताहत ल्याउने निर्णय भएको मेयर दाहाले बताइन । नेपाल ट्रस्टको मातहातमा रहेको दियालो बंगला क्षेत्रका जमिनहरू महानगरपालिका माताहत त्याइ बहुआयामिक क्षेत्रको रूपमा बिकास गर्ने निर्णय भएको र स्मार्ट सिटीका रुपमा विकास गर्ने योजना सहित छलफललाई तिव्रता दिएको मेयर दाहालले बताइन ।

४० दिने कार्य प्रगति सुनाउँदै मेयर रेणुले भरतपुरको विकास परियोजनालाई अँझ बढि सक्रियताका दिन आफु लागि पर्ने र नमुना सहरका रुपमा विकास गर्ने दावी गरिन ।

यसमा तपाइको मत