चीनको इन्टरनेट अव नेपालमा पनि

अप्टिकल जडान सम्पन्न भएर परीक्षणका क्रममा रहेको इन्टरनेट असोजभित्रै



काठमाडौं असोज ७ । हिमपात र पहिरोका कारण अनिश्चित बनेको चीनबाट इन्टरनेट व्यान्डविथ ल्याउने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ ।

नेपाल र चीन दुवैतर्फ अप्टिकल जडान सम्पन्न भएर परीक्षणका क्रममा रहेको र यो सेवा असोज महिनाभित्रै सञ्चालनमा ल्याइसक्ने नेपाल टेलिकमले जनाएको खवर आजको गोरखापत्र दैनिकले समाचार छापेको छ ।

शुक्रबार आफ्नो कार्यकाल पूरा भएको एक वर्षमा भएका उपलब्धि सार्वजनिक गर्ने क्रममा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले रसुवागढी नाकाबाट सेवा सञ्चालनको तयारी भइरहेको जानकारी दिइन् ।

नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबलसँग गत वर्षको पुसमा इन्टरनेट व्यान्डविथ ल्याउन व्यवसायिक सम्झौता गरेको थियो । सम्झौताअघि नै व्यान्डविथ ल्याउने प्रक्रिया अघि बढिसकेको थियो यद्यपि, चीनको तिब्बत क्षेत्रमा हिमपात र पहिरोले अप्टिकल जडानमा समस्या भएपछि प्रक्रियामा अवरोध पुगेको थियो ।

‘अहिले चीनको व्यान्डविथको टेस्टिङ कार्य भइरहेको छ’, राजभण्डारीले भनिन् ।

यसमा तपाइको मत