यस्ताे हुन्छ अध्यक्ष प्रचण्डकाे दशैं


काठमाडौं, असोज ७ । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वन्द्वात्मक तथा एेतिहासिक भाैतिकवादमा विश्वास गर्नुहुन्छ। दशैं, तिहार, जन्म, मृत्यु लगायतका विषयमा उहाँकाे भाैतिकवादी दृष्टिकाेण र व्यवहार रहँदै अाएकाे छ ।

यस वर्षकाे दशैं पनि अध्यक्ष प्रचण्डले विगतमा मनाएझैं नै मनाउने कार्यक्रम छ । फुलपातिसम्म उहाँकाे विभिन्न जिल्लामा अाैपचारिक कार्यक्रम रहेका छन् । अाइतबार र साेमबार उहाँ कालीकाेट, हुम्ला, जुम्ला लगायतका जिल्लामा कार्यकर्ता प्रशिक्षण, जनसभा, शुभेच्छुक र जनतासँग अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

१० गते चितवनकाे कार्यक्रममा सहभागी भएर अध्यक्ष राजधानी फर्कनु हुनेछ। पार्टीकाे तर्फबाट दशैंमा खास कार्यक्रम हुँदैन । तर, जनता र पार्टीलाई जाेड्न पार्टी सम्वद्ध जनवर्गीय संगठनहरुले अायाेजना गर्ने कार्यक्रममा सम्भव भएसम्म सहभागी हुनुहुनेछ । जनयुद्ध कालपूर्व अध्यक्षले बुवा अामाबाट टीका ग्रहण गरेर अाशिर्वाद लिने गर्थे । त्यस यता अाैपचारिक रुपमा दशैं मनाएका छैनन् ।

दशैंकाे अवधिमा उनी मुल रुपमा कार्यकर्ता भेटघाटमा नै व्यस्त हुनेछन् । अाउने शुभेच्छुकहरुसँग शुभकामना अादान प्रदान गर्नेछन् । दशैंकाे दिन अध्यक्ष लाजिम्पाट नै रहनेछन् । दशैंकाे दिन घरमै खसी काट्ने र परिवारसँग भेटघाटमा नै उनी व्यस्त हुनेछन्।

यसमा तपाइको मत