उज्यालो सबैको जिवनमा होस् !


नेपालीहरुको दोश्रो ठूलो चाड तिहार अहिले हामी मनाईरहेका छौं । त्रिशुलीखवर परिवार यस अवसरमा हाम्रा सबै पाठकबर्ग , शुभ-चिन्तक एबं विज्ञापनदाताहरुलाइ तिहारको मुरि-मुरि शुभकामना ब्यक्त गर्न चाहान्छौं ।

बत्ती र दियोको झिलिमिली साझ्
देउसी र भैलो गीतको माझ्
हर्षका साथ मनाउ यो चाड
शुभ-दीपावलीको हार्दिक शुभकामना ।

५ दिन मनाइने तिहारका हरेक दिनको आफनै महत्व छन् ।

पहिलो दिन – काग तिहारबाट तिहार शुरु हुन्छ । यो दिन कागलाइ पुजा गर्नुका साथै खानेकुरा पनि दिइन्छ ।

दोश्रो दिन – कुकुरलाइ पुजा गरेर कुकुर तिहार मनाइन्छ ।

तेस्रो दिन बाट रमाइलो शुरु हुन्छ झिलिमिलि बत्ति बाल्ने, सेल रोटि र मिष्ठानहरु पकाउने आदि कार्य गरिने हुदा पनि यो दिनको आफैमा टूलो महत्व छ । लक्ष्मि पुजाको दिन अहिले साझ भैलि खेल्ने पनि गरिन्छ । यस दिनमा धन कि देबि लक्ष्मिको पुजाका साथै गाइको पुजा पनि गरिन्छ ।

चौथो दिन गोबर्धन पुजा ! गोरुको पुजा गर्ने चलन छ । नेवार समुदायमा म्ह पुजा अर्थात आँफुले आँफैलाइ पुजा गर्ने चलन पनि छ । यो दिन पनि देउसि खेल्ने गरिन्छ ।

पाँचौं दिन – दिदि बहिनि र दाजु भाइले एक अर्काको पुजा गरेर टिका लगाइ दिने यो तिहारको अन्तिम दिन हो । यसर्थ पनि तिहारको विेशेष महत्व छ ।

बत्ती र दियोको झिलिमिली साझ्
देउसी र भैलो गीतको माझ्
हर्षका साथ मनाउ यो चाड
शुभ-दीपावलीको हार्दिक शुभकामना ।

 

त्रिशुलीखवर डट कम
परिवार

यसमा तपाइको मत