कुसुम बनिन् नायिका


गतवर्ष चितवनको फिस्लिङमा तरकारी बोक्दै गरेको फोटो सामाजिक सञ्जालमा भाइरल बनेपछि एकाएक चर्चामा आएकी कुसुम श्रेष्ठ फेरि चर्चामा आउने धुनमा रहेकी छिन् ।
अर्थात श्रेष्ठ ‘लम्फू’ नामक चलचित्रको नायिका बनेकी छिन् । उनी यो चलचित्रमार्फत फेरि पनि चर्चामा आउने योजनामा रहेकी छिन् ।

निर्देशक गोपालचन्द्र लामिछानेले उनलाई आफ्नो चलचित्र ‘लम्फु’ अभिनय गराउन सफल भएकी हुन् ।
पपुलर मल्टिमिडियाका लागि शक्तिबल्दभ घोरासैनीले निर्माण गरेको ‘लम्फू’मा कबिर खड्का, सलोन बस्नेत, चाँदनी शर्मा, मरिश्का पोखरेल, सञ्जित भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।

‘लम्फु’को छायांकन अघिल्लो बर्ष नै भएको थियो । तर पनि निर्माण युनिटले कुशुमको अभिनय गोप्य राखेको थियो । तर अहिले चलचित्र रिलिजको मिति नजिकिदै गर्दा निर्माण युनिटले यो बिषय बाहिर ल्याएको हो । योसँगै उनको गोप्यकामको पर्दाफास भएको हो ।

यसमा तपाइको मत