नायक नवल खड्का माओवादी केन्द्रको समानुपातिक सूचीमा


काठमाडौँ । राजनीतिमा प्रवेश गर्दा ठुलै हल्ला खल्ला गरेका कलाकार रेखा थापा र कोमल वली आगामी मंसीर १० र २१ गते सम्पन्न हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा उमेद्वार बन्न नसके पनि नायक तथा निर्माता नवल खड्का भने उमेद्वार बनेका छन् ।
राष्ट्रिय चासोको बिषयमा चलचित्र निर्माण गरेर जनचेतना जगाउने कार्य समेत सक्रिय रहँदै आएका नवल माओवादी केन्द्रको समानुपातिक सूचीमा परेका छन् ।
नेकपा (माओवादी केन्द्र)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीमा प्रदेश नं. १ बाट प्रदेशसभा तर्फ उनको नाम समावेश गरिएको छ ।
छुट्टै राष्ट्रिय चलचित्र निर्माता संघ नेपाल खोलेर ब्यवसाहिक निर्माताहरुको हकहितका खातिर काम गर्दै आएका नवल नेपाल चलचित्र कलाकार संघका पूर्व अध्यक्ष पनि हुन् । उनले आफ्नो कार्यकालमा कलाकार सम्बृद बनाउन बिभिन्न अभियान समेत संचाल गरेका थिए । कलाकारले सरकारबाट राष्ट्रिय परिचय पत्र पाउन’को पछाडी नवलको पनि महत्वपूर्ण योगदा रहेको छ ।
कलाकार नवल राष्ट्रिय चलचित्र नीति २०७१ निर्माण र बक्स अफिस कार्यान्वयनका लागि संघर्षरत एवं विदेशी चलचित्रलाई निरुत्साहित गर्न निरन्तर नेतृत्वदायी भूमिका खेल्ने कलाकार पनि हुन् ।
पछिल्लो समय नवल भारतीय सिमामा काँडेतार अभियानको अभियन्ता, वागमती सफाइ महाअभियानका सुरुवाती अभियन्ताका साथै विभिन्न सामाजिक संघ संस्थाहरुमा आवद्ध रहेका छन्् ।

यसमा तपाइको मत