पुर्व राज्यमन्त्री राधिका तामांगको बिपक्षी माथि यस्तो काउन्टर (भिडियोसहित)


२६ कार्तिक, नुवाकोट ।  नुवाकोट क्षेत्र नं. १ अन्तरगत प्रदेशसभा १ का बाम गठबन्धनका साझा उमेदवार युवा नेतृ पुर्व कृषि राज्यमन्त्री राधिका तामाङले राजनीतिलाई लुट्ने र कमाउने पेशा बनाउने संस्कार विरुद्ध जनताको सेवा गर्नका लागि आफूले राजनीति गरेको बताएकि छिन् । १४ वर्षको उमेरदेखि निरन्तर सक्रिय राजनीतिमा डटिरहेको बताउँदै उनिले आफू नुवाकोटे जनताको समस्या र विकासमा निरन्तर जोडिरहेको बताइन् । समाज परिवर्तनका लागि जनयुद्ध देखि जनआन्दोलन र त्यस पछि भएका सबै अधिकारका लागि भएको आन्दोलनमा अविछिन्न रुपमा लाग्दै संविधानसभाबाट संघियता, धर्मनिरपेक्षता र पहिचानसहितको संविधान जारी गर्ने अवस्थासम्म निरन्तर लडेर यहाँसम्म आइपुगेको बताउदै  तामाङले राजनीतिक मुद्दा, सक्रियता, नैतिकताका दृष्टिले आफूसंग प्रतिष्पर्धा गर्ने कोही नभएको बताएकि छिन्  ।

आफ्नो उमेदवारीसंगै आफ्ना प्रतिबद्धताहरु सुनाउदै उनले भनिन् – किसानलाई सम्मान र किसान पेन्सनको व्यवस्था गर्ने, बृद्धाभत्ता  ५,००० पुर्याउने , कृषि–पर्यटनको एकिकृत विकासमार्फत नमूना कृषि गाउँ, होम स्टे स्थापना गरी पर्यटन प्रवद्र्धन र गाउँमै रोजगारी सृजना गर्ने , पानी, विजुली, सडक, स्वास्थ्य, शिक्षा र रोजगार, ५ वर्षमा यी ६ काम सम्पन्न गरी प्रत्येक घरपरिवारमा यो सुविधा पुर्याउने , विदेशीन वाध्य युवाहरुलाई गाउँमै उद्यमशील बनाइ मुलुकमा तीब्र आर्थिक विकास गर्ने , महिलालाई न्याय र समान अधिकार दिलाउने , गरीब किसान, मजदुर, दलित, जनजाती सबैलाई न्याय र समान अधिकारसहित विकासको मूल प्रवाहमा सहभागि गराई भ्रष्टाचार मुक्त र समृद्ध समाज निर्माण गर्ने कार्यहरु प्राथमिकतामा राखेर अगाडि बढ्ने छु ।

हेर्नुहोस् भिडियो

यसमा तपाइको मत