‘पहिलेको चुनाव बहिष्कार र अहिलेको चुनाव उपयोग दुवै ठीक छन् ’ : सिपि गजुरेल

बाम गठवन्धनले हामीलाई पनि चुनावी तालमेलका लागि प्रस्ताव पठाएका थिए, तर हामीले स्वीकारेनौं । त्यसरी गएको भए फाइदा हुन्थयो होला तर हाम्रो राजनीतिक धार भुत्ते हुन्थ्यो, हामी गएनौं । एक्लै चुनावमा लडदै छौं ।



० अहिलेको प्रतिनिधीसभा तथा प्रदेश सभा निर्वाचनमा तपाईहरुको पार्टीले पनि मोर्चाको नाममा भाग लिएको छ, तपाईहरुको सहभागितालाई कसरी वझुने ?
निर्वाचन प्रक्रिया जसरी अगाडी वढाउन खोजियो, त्यो नै गलत छ । त्यसो हो भने स्थायिन तह निर्वाचन प्रदेशले गराउनु पर्ने थियो । तर यहा उल्टो प्रक्रिया शुरु गरिएको छ । स्थानिय तहको पहिले चुनाव गराउने । किन गराउने संविधान कार्यान्वयन गराउन स्थानिय तहको चुनाव गराउने । स्थानिय तहमा जनताले भाग लिन्छन किनभने २० वर्ष देखि चुनावै भएको छैन भनिदियो, २० वर्ष पछि आउने चुनवा भनेपछि १२ वर्षपछि आउने गोदावरी मेलाजस्तो वनाईदिने र अनि त्यहावाट चुनाव गराउने । त्यसपछि संविधान लागु हुन्छ भनेर गरियो । संघियता विपरित हुन्छ ।

दोश्रो निर्वाच्नमा सर्वत्र चर्चा चलेको छ की अव निर्वाच्न पैसावालको मात्र हुन्छ । थोरै पैसाले चुनवा जितिदैन । भोजभतेर, नगद नै वितरण गरेर मान्छेलाई पैसामा किन्ने जुन कुरा भएको छ यसले चुनावको औचित्यता नै सकियो । किनभने चुनाव भनेको एक्प्रकारले जनमत संग्रह जस्तो हुनुपर्दथ्यो । कसको पक्षमा जनताले कस्तो मत राख्छन भन्ने कुरा हो । तरजव प्रसाले मान्छेको विचार किनिदिएपछि चुनावको अर्थ हुदैन ।

सिपि गजुरेल, संयोजक देशभक्त जनगणतान्त्रिक मोर्चा तथा नेता नेकपा (क्रान्तिकारी माओवादी)

ठूला पार्टीका नेताहरु पनि भन्न थालेका छन्, की अव चुनाव लडन नसकिने भयो। जसले भष्टाचार गरेका छैनन, उसले चुनाव लडन सक्दैन । किनभने ऊ साग प्रैसा हुदैन । कि तस्करी गर्नुप¥यो ।  अव हामीले देख्यौं, यसपटकको चुनावमा जस्तो डन, तस्कर, ठेकेदारहरु पैसा कमाएका भन्नेहरु, वढी अपराधिक पृष्ठभूमि भएकाहरु ठूलो संख्यामा आए । तिनओटै पार्टी काग्रेस, एमले र माकेमा त्यो संख्या ठूलो छ । पैसाकै आधारमा निर्वाच्नको फैसल्ला हुने भएपछि यो निर्वाच्नको औचित्यता देखिदैन ।

 

0 यी त प्राविधिक विषय भएनन् र, तपाईहरुले त सैदान्तिक विषय पनि उठाउनु भएको थियो, पहिले पहिले चुनावमा ? ति विषय चही अव ओझले परेका हुन् ?
त्यस्तो होइन्, निर्वाचनमा भाग हामीले अन्य पार्टीले जस्तो गरि लिएका होइनौं । यसलाई हामीले क्रान्तिकारी उपयोगको नीति अन्र्तगत मात्र भाग लिएका छौं । क्रान्तिकारी उपयोग भन्नुको मतलव यो ब्यवस्था प्रतिक्रियावादी हो, संविधान पश्चगामी हो तैपनि हामी यसमा जान्छौं । किनभने, चुनावको विषय हाम्रो लागि कार्यनीतिको विषय हो, रणनीतिको विषय होइन । यदि भाग लिएर हाम्रो अहिले क्रान्तिको तयारी गर्ने हाम्रो मुख्य काम हो भनेर भनिरहेका छौं । त्यो तयारीको काम भाग लिदा सहज हुन्छ की वहिष्कार गर्दा सहज हुन्छ भन्ने आधारमा हामीले निर्वाचनमा भाग लिने वा वहिष्कार गर्ने भन्ने तय गछौं ।

अहिलेको स्थितीमा यसलाई किन उपयोग ग¥यौं भने अहिले आन्दोलन उभारको अवस्थामा छैन, उतारको अवस्थामा छ । जनताहरुमा क्रान्तिकारी उत्साह छैन, निरासा छ । उनीहरु किंकतब्र्यविमुढ भएका छन् । क्रान्ति पराजित भएको छ, प्रतिक्रान्ति हावी भएको छ । यस्तो अवस्थामा जनतामा कुनै उत्साह नै छैन, क्रान्ति गर्ने, आफनो अधिकारका निम्क्ति लडने । यो अवस्थामा आन्दोलन उतारको अवस्थामा रहेको वेलामा हामीले सिधै प्रतिक्रियावादीहरुसँग भुठभेडको कार्यनीति अपनाएर सफल हुदैन । त्यसकारण यसलाई उपयोग गरेर जनतालाई सचेत वनाउने र संगठित वनाउने र उत्साहित वनाउनु पर्छ । त्यो काम अहिलेको निर्वाचन उपयोग गरेर मात्र सकिन्छ ।

अर्काे, प्रतिक्रियावादीहरुको भूमिका त्यसलाई भण्डाफोर गर्ने काम चुनावको माध्इयमवाट गदै जनमत तयार पार्ने काम गर्नुपर्छ । आफनो ग्राउण्ड तल राम्रो छैन । प्रतिक्रियावादीहरु समेतको भूमिकाका आधारमा पटक –पटक पार्टीलाई फुटमा लगेर लिथोलिथो भएको अवस्था छ । त्यसकारण संगठन कमजोर छ । त्यसकारण तल्लो तहमा कसरी संगठन विस्तार गर्ने, प्रतिक्रियावादीहरुको भण्डाफोर गर्ने भन्ने कुरा हाम्रा मुख्य विषय हुन् । यो काम गर्नका लागि निम्क्ति हामीले निर्वाच्नलाई उपयोग गर्ने कार्यनीति ठिक हुन्छ भनेर हामीले वहिष्कार नगरेर उपयोग गरेका हौं ।

० तपाईहरुका आफनै कुरा अलिक अन्तरविरोधी भएन र ? अहिलेको निर्वाचन संविधान कार्यान्वयनका लागि गराउन खोजिदैछ, तर पाईहरु संविधान खारेजी भनिरहनु भएको पार्टीले पनि चुनावमै भाग लिएपछि संविधान मानेको ठहदैन र ?

अहिले हामीले निर्वाचनमा भाग लिएपनि र नलिएपनि चुनाव हुन्छ । जनयुद्धका वेलामा पनि निर्वाचन हुन्थ्यो । कयौं वुथहरुमा निर्वाचन गराउन नसकेकै अवस्थामा दुई चार चरण लगाएर गराउने गरेको दृष्टान्त छन् । जति मत खस्छ त्यसैलाई निर्वाचनको आधार मान्ने गरिएको थियो । हामीले वहिष्कार गरेर निर्वाचन खारेज हुने स्थिती भएको भए वा यति प्रतिशत मत नखसेमा अवैध हुने भन्ने ब्यवस्था भएको भए यो ठिक हुन्थो । किनभने कम भोटिड गरेर यसलाई असफल वनाईदिने हुन्थयो ।

१ हजार मतदाता भएको ठाउमा १० भोट मात्र खस्यो भने पनि १० भोटमा जसले वढी भोट ल्याउछ उसैले जित्ने प्रणाली अहिले छ । त्यसकारण हामीले वहिष्कार गरेर त्यसको वैधानिकता समाप्त पार्ने स्थिती रहदैन । राज्यले जस्तो प्रकारले पनि चुनाव गराएर यही हो चुनाव भनेर परिणाम निकालिदिन्छ । विगतका २०७० को संविधान सभा दोश्रोमा पनि भएको त्यही हो । कम भोट खसेपनि त्यसैलाई आधार वनाएर कसले जित्यो, हा¥यो भनेर भनिदियो सकियो । त्यसकारण हामीले वहिष्कार गरिदिएर रद्ध हुने वा उनीहरुको डेटलाईन क्रस गराएर अवधै वनाईदिने भन्ने हुदो रहेनछ । जनुप्रकारले चुनाव गराएपनि हुने रहेछ, उल्टै चुनाव गराएपनि ।

चुनाव वहिष्कार हामीले गर्दा राज्यले जनतालाई जसरी पनि चुनावमा लैजान्थे । अव जनता चुनावमा गईसकेपछि जनता एकातिर र हामी अर्काेतिर अर्थात जनतावाट आइसोलेष्ट हामी नै पर्ने थियौं । जनतावाट आइसोलिष्ट पर्ने कार्यनीति हामीले अवलम्वन गराउनु हुदैन । माक्र्स, माओहरुले परिभाषित गर्नुभए जस्तै हाम्रो जनतासागको सम्वन्ध भनेको नड र मासु जस्तै हो । पानी वाट छुटिएर माछा लामो समय टिक्न सक्दैन । जनताको वीचमा गएर जनताकै वीचमा भण्डाफोर गरेर जानु नै उत्तम हुने सोचका साथ हामीले अहिले निर्वाचनलाई क्रान्तिकारी उपयोगको नीति वनाएका हौं ।

० त्यसो हो निर्वाचनमा चही तपाईहरु कसरी गईरहनु भएको छ ?

अहिलेको चुनावका क्रममा उम्मेदवारहरु दिएका छौं । प्रय जसो सवैमा उम्मेदवारी दिएका छौं । उम्मेदवारलाई खडा गरेर हामीले मुख्यत प्रचारात्मक आन्दोलन चलाउँछौं । हाम्रा उम्मेदवार सवैतिर दिनको तात्पर्य त्यो पनि हो । उम्मेदवार भईसकेपछि त्यहा सभा गर्न पाइयो । त्यो सभामा हामीले आफना सवै कुरा राख्न पाउछौं । यो संविधान पश्चगामी छ । यो ब्यवस्था वेठिक छ किनकी किन प्रतिक्रिान्ती कसरी भयो, अव क्रान्ति सम्भव छ की छैन भन्ने कुरा हरु निर्वाच्नलाई उपयोग गरेपछि मात्र हामीले पाउछौं ।

वहिष्कार गर्दा वहिष्कारको सभा राज्यले गर्न दिदैन । हामीले जनतामा आपनmा कुरा लैजानै पाृउदैन । त्यही भएर सवै क्षेत्रमा हामीले उम्मेदवारी दिएका छौं । भण्डाफोर नै वनाएर कमजोर वनाउनु उचित हुन्छ ।

० त्यसो भए जित्ने कुराको अर्थ नै छैन ?

होइन निर्वाचनमा सकेसम्म जितेरै जाने हो । जित्दा र नजित्दाको फरक भनेको जित्दा राष्टिय पार्टी हुन सक्छ । त्यहा प्रतिनिधीहरु हाम्रा संसदमा पुग्छन् । प्रतिनिधीसभा वा प्रदेश सभा दुवै ठाउमा पुग्छन । त्यसकारण जनताका आन्दोलनका कुराहरु जनताले त्यहा पनि उठाउन पाउछन् । सकेसम्म जित्ने हो । त्यसकारण हस्तक्षेप संसद र सडक दुवैतिर वाट हुन्छ । त्यसो भयो भने आन्दोलन प्रभावकारी पनि हुन्छ । दमन गर्नलाई राज्यलाई अलिक अठायारो पनि पर्छ ।

वैधानिक रुपमा निर्वाचित प्रतिनिधीलाई वलजफ्ती गर्न अलिक अप्ठायारो पनि हुन्छ । हुन त विश्वमा नै हेर्ने हो भने पनि त्यसरी दमन गरेको इतिहास पनि छ । रुसमा दुमामा निर्वाचित प्रतिनिधीलाई सरकारले फासी नै दिएको थियो । अन्तिममा गर्छ । त्यो गर्नुको अर्थ प्रतिधिmयावादीहरुको पनि अन्त्य तिर जाने अवस्थामा हो । त्यसरी निर्वाचित गराएर लैजान सक्दा, जनताका , क्रान्तिका र संर्घषका कार्यक्रमलाई पनि प्रभवकारी रुपमा लैजान सकिन्छ ।

० तपाईले भने जस्तै निर्वाचनमा धनवालाको वोलावोल भईसकेको अवस्थामा संसदमा प्रतिनिधत्वकै अर्थमा जितेर जान सक्ने अवस्था त नहोला नी ?
ठिक हो । त्यो धेरै गाहो छ । एकदम कठिन छ । फलामको चिउरा चपाउनु सरह नै छ । हाम्रा प्रतिनिधीले जित्न नसक्नुको एउटै कारण भनेको प्रसा हो । पैसाले मान्छेलाई किन्ने, उम्मेदवार कमजोर छ भने उसैलाई निकेर उम्मेदवारलाई नै आफनो उम्मेदवारी फिर्ता लिइदिन लगाउने मतदाताहरुलाई किन्ने सारा गर्छन् । त्यसकारण कठिन छ । हामीले धेरै सिटमा जित्छौं भन्ने अपेक्षा गरेका छैनौं ।

० २०७० सालको दोश्रो संविधानसभा वहिष्कार गर्नुभएको थियो, तर अहिले स्थानिय तहको निर्वाचनमा भाग लिनु भयो, फेरि अहिले पनि संसदको चुनाव पनि उपयोग गदै हुनुहुन्छ ? त्यो वेला चुनाव वहिष्कार गर्नु र अहिले भाग लिनुको अन्तर के हो ? कसरी वुझने यसलाई ?

त्यक्तिखेर हामीले वहिष्कार गर्ने की नगर्ने भन्ने कुरा कार्यनीतिक प्रश्न हो । यसको निर्णय कसरी निर्भर हुनछ भने त्यसवेलाको क्रान्तिकारी शक्तिहरुको अवस्था, आन्दोलनको उभार, जनताको मनस्थिती मानेविज्ञान सवैमा निर्भर हुन्छ । हाम्रो पार्टी र पार्टीका नेताहरुलाई लागिदियो भनेर मात्र त हुदैन । हामीलाई क्रान्ति चाहियो भनेर जनताले क्रान्ति गरिदिने होइन, क्रान्ति चाहियो भनेर जनता आफैले गर्ने हो । त्यसका निम्क्ति जनता तयार हुनुपर्छ । त्यसकारण यो कार्यनीति कुन अवलम्वन गर्ने भन्ने कुरा परिस्थितीले निर्धारण गर्छ । वहिष्कारको वेलामा प्रतिक्रान्तिले पूर्णता पाईसकेको थिएन ।

अझै संक्रमणकालकैअ वस्था थियो । क्रान्तिले जित्ने वा प्रतिक्रािन्त्ले जित्ने भन्ने तय भईसकेको थिएन । दोश्रो पक्ष हाम् पार्टी पनि धेरै वलियो थियो । विप्लव, बादलहरु हामी सवै एकै ठाउमा भएको अवस्था थियो । त्यो वेलामा प्रचण्डले नेतृत्व गरेको पार्टी ठूलो की हाम्रो पार्टी ठूलो भन्ने वहस चलिरहेको थियो । यो वरावार जस्तो थियो । त्यो वेलामा हाम्रँे आत्मगत शक्ति पनि वलियो थियो । जनताको ताप र राप क्रान्तिको अझै सेलाईसकेको थिएन । यी सवै कुराको मूल्याकन गरेर हामीले त्यसवेला वहिष्कार नै ठीक छ भनेर निर्णय लिएका थियौं । प्रतिक्रियावादीहरुको पोल पनि धेरै मात्रामा खुलेको थियो ।

सर्वाेच्च अदालतको एउटा न्यायधिसलाई लिएर चुनावमा गराए । त्यसले पनि ठूलै विवादको अवस्था थियो । यत्रो राजनीतिक पार्टीका नेता र पाटी हुदा हुदै किन वाहालवाला न्यायधिसलाई ल्याएर चुनाव गराइयो भन्ने वहस ठूलै चलेको थियो । मुलुकमा कुन कार्यनीति अपनाउने भन्दा वहिष्कार गर्नु नै ठिक हुन्छ भनेर वहष्किारको नीति अवलम्वन गरयौं । वहिष्कार त्यसवेला शसक्क्त नै गरयौं । कमजोर वहिष्कार थिएन । तैपनि प्रतिक्रियावादी ले सेना परिचालन गरेर चुनाव गरायो, जित–हारको अवस्था घोषणा गरयो ।

परिस्थितीमा आधारित भएर कार्यनीति कुन अपनाउने भन्ने निर्धारण हुन्छ । तर अहिले को परिस्थिती फरक छ । अहिले प्रतिक्रान्तिले एकप्रकारले पूर्णता पाएको छ । सारा क्रान्तिका उपलब्धी उल्टाइयो । केही पनि छैन ।  पार्टीलाई पटक –पटक फुट गराउन पनि उनीहरु सफल भए । क्रान्तिकारी शक्तिको आतमगत कमजोर भयो । जनतामा पहिलेको जस्तो क्रान्तिकारी आशावादीता पन िअहिले छैन, एकदमै निरासाको अवस्था छ । यस्तो वेलामा त्यही अनुसारको कार्यनीति अवलम्वन गरयौं ।

पहिले स्थानिय तहको चुनावको समक्षिा असाध्यै नकारात्मक छ । निर्वाचन उपयोग गनै, नगर्ने भन्ने विषयको निर्णय पन िहामीले त्यसवेला धेरै ढिलो लियौं, तयारीको समय पाएनौं । अर्काेतिर हामीलाई (देजमो)लाई दर्ता गर्न दिइएन, चुनाव चिन्ह पनि दिइएन । यस्तो वेला हाम्रो तयारी र जनताको मतको सुरक्षा हामीले गर्न सकेनौं ।

तर अहिले परिस्थिती परिवर्तन भएको छ । देजमो दर्ता भएको छ । मुठी चुनाव चिन्ह पाएका छौं । तयारी गर्ने मौका पन िपाएका छौं । सन्देश पनि गईरहेको छ । संगठन वनेको र अरु पार्टी भन्दा भिन्न ढंगले गएको छ भन्ने सन्दशे गएको छ । यसलाई प्रयोग गदै चुनवामा गएका छौं । तर जित्न भने निकै कठिन हुने देखिएको छ ।

० दोसा् संविधानसभा निर्वाच्न वहिष्कारको अहिले आएर समिक्षा गर्दा ठिक गरयौं  की गलत ? मेरो प्रश्न यहानेर पनि छ ।

यस वीचमा पछाडी फर्किएर ०७० को चुनावको समक्षिा पनि गर्ने वेला आएको होकी भन्ने कोणवाट पनि प्रश्न उठेका छन् । त्यसवेला हामीले समिक्षा गरेर वहिष्कारको नीति सही थियो भन्ने निश्र्कष निकालेका थियौं । त्यो निर्णयमा हामी अहिले पनि अडिग छौं । किनभने त्यसवेला नै हामीले निर्वाचन वहिष्कार नगरेको भए यो राजनीतिका दुई धारको विषय उठने नै थिएन । जनताले वुझन सक्दैनन् थिए । खासगरि माओवादी आन्दोलनभित्रको धार छुटयाउन गाहो हुने थियो ।

अव अहिले वहिष्कार गरिदिएको कारणले एमाले सँग माओवादी केन्द्र आत्मसमर्पण गर्न गयो । यो पनि त्यही कारणले हो । धुव्रिकरण हुदै गयो । संविधानलाई नमान्ने, यसलाई खारेज गर्ने, पहिलो संविधानसभा विघटन गर्ने र दोश्रो संविधानसभा प्रायोजित थियो भन्ने कुराको भण्डाफोर गर्ने मौका हामीले पाएका छौं ।

वहिष्कार गरेर वढी शसक्त पार्टी भएको वेला सकिन्छ । आखिर मान्छेले किन यसरी गरे ? किन मुलधारमा आएनन् भन्ने कुरा सवैतिर प्रश्न उठेका कारण यो कारणले आएनन भन्ने गरि क्रान्तिकारी धार स्थापित गर्नका लागि हामी सफल भएका छौं ।

० तर तपाईहरुले त्यो वेला चुनाव वहिष्कार गर्दा अहिले झन कमजोर अवस्थामा पुगेको विश्लेषण गर्नेहरु पनि छन नी, के भन्नुहुन्छ ?
हामीले उपयोग गरेको भए, राप्रपाले त २५ सिट ल्यायो भने हामी पनि त्यो भन्दा राम्रो हुन्थ्यो । तर तुलना गरेर हेर्दा राजनीतिक उपलब्धी ठूलो भएकोले यसको उपलब्धी वढी भयो भन्ने हो ।

० तपाईहरुको पार्टीको पोखरा राष्टिय सम्मेलनको निर्णय शीर्ष नेतृत्व पनि चुनाव उपयोगमा जाने  थियो क्यारे, तर उम्मेदवार उठाउने क्रममा त्यो देखिएन, किन निर्वाचनमा पराजित भईन्छ भन्ने वुझेरै तपाईहरु चुनावमा नउठनु भएको हो ?

शीर्ष नेताहरु नै जाने भन्ने थिएन । यदि भाग लिनै हो भने लिडर नै उठनु पर्छ । त्यसरी गएनौं भने प्रभावकारी हुदैन । किनभने लिडरहरु नउठेको देखेपछि तल पनि उठने उत्साह पैदा हुदैन । त्यसकारण उम्मेदवार हुदैनन् ।

उम्मेदवार नभएपछि उपयोगको नीति प्रभावकारी हुदैन र यसको भण्डाफोर पनि प्रभावकारी हुदैन भन्ने कोणवाट पोखरा वैठकमा कुरा उठेका थिए । पछि गएर त्यसलाई हामीले मिलायौं । स्थानिय तह चुनावमा धेरै गाहो भयो उम्मेदवार उठाउनका लागि । तर पछि हामीलाई धेरै समस्या भएन ।

हाम्रो गाउण्डमा संगठन कमजोर छ । कमजोर भएको वेला संगठन वनाउन ठिक की निर्वाचनमा जाने भन्ने हो ? सकेसम्म जित्ने ढंगले तयारी गर्ने, नभए पनि प्रतिस्पर्धामा आउने उदेश्यले हामीले उम्मेदवारी दिएका छौं । नेताहरु चुनावमा केन्द्रीत हुदा चुनावको पूर्ण परिचालन कमजोर हुन्छ । ओभरलमा परिचालन ठिक हो की, देशेैभरका सभाहरु सम्हाल्ने कुरा भन्नेमा वहस थियो हाम्रो । अन्ततमा शीर्ष नेताहरुले परिचालनको ज्मिमा लिने भएपछि साथीहरु पनि सहमत हुनुभयो ।

० संसदमा नेमकिपा छ, उनीहरु निर्वाचन उपयोग गर्छन, संसदमा पुग्छन र त्यहा सशक्तमा प्रतिपक्षको भूमिका खेल्छन्, यहाहरुले पनि आफना धारणा त्यसरी नै राख्ने गरि जानु भएको हुन्थो की ?उपयोग नै गर्ने भएपछि भण्डाफोर त्यसरी पो प्रभावकारी हुन्थ्यो की ? किन कहिल्यै त्यस्तो लागेन ?

निर्वाचनमा भाग लिन सचिवालय सदस्यहरु जानुभएको छ । पार्टीका कार्यलय टिमका साथीहरु जानु भएको छैन, तर त्यसभन्दा तलका साथीहरु जानुभएको छ । पार्टीले गाइड गरिसकेपछि ब्यवस्थित रुपले राख्न सक्ने साथीहरु जानु भएको छ । केही नेताहरु संगठनमा जोड गरौं भनेर नगएको हो । वाकी एक लेवलका नेताहरु चुनावमा जानु भएको छ ।

 

० तपाईहरुको मूल्इ, मान्यता र राजनीतिक दर्शन भन्दा फरक हुन पनि सक्छ, काग्रेस एमले माओवादी, राप्रपासाग कुनै प्रकारको तालमेल नगर्ने भनेर कित्ताकाट गर्नुभएको पनि छ, मोर्चा वनाउन विप्लवहरु लगायतको पार्टीहरुसँग कोसिस गर्नुभएको थियो, तर मसालले गठवन्धन वनाएर चुनावमा आफना् उम्मेदवार जिताउने रणनीति वनाएर गएका छन्, तपाईहरु पनि त्यसरी नै जान किन चाहानु भएन ?

तत्कालको फाइदाको दृष्टिको कुरा गर्दा तपाईले भने जस्तो गरि निर्वाचनमा गएको भए, हो हामीलाई फाइदा नै हुन्थ्यो । त्यो हामीले वुझेकै थियौं । त्यस्तो प्रस्ताव आएका पनि थए । त्यसरी दुई चार सिटको लोभ गर्दा राजधानीतिक धार भुत्ते हुने थियो । मोहन विक्रम सिहंहरु जानुभयो, उहाहरुको राजनीतिक असफलता भयो । राजनीतिक नैतिकताका दृष्टिले तल पर्नुभयो । मोहनविक्रम सिंह्को लामो पृष्ठभूमिमा दाग लाग्यो । उहाको मेडम उठनु भएको छ, ब्यक्तिको करा छोडिदेऊ, तर हामी साग पनि कार्यगत एकता गर्ने र पछि गएर गठवन्धनको उम्मेदवार वन्ने गरिसकेपछि त्यो ठूलो अवसरवाद भयो ।

त्यसले दिर्घकालिन दृष्टिमा पार्टीको विश्वसनियतामा जनताले सधै प्रश्न उठाईरहन्छन् । उनीहरु अवसरवादी हुन्, दुईचारवटा सिटका लागि जहिले पनि यस्तो गरिरहन्छन्, त्यो सिट लिएर राम्रै भूमिका खेल्नका लागि लिएको हो, शंका छैन, तर राजनीतिक लाइनमा रुपमा भण्डाफोर गर्ने मनोवल नै हुदैन । अनि के भण्डाफोर गर्ने ? तिमीहरुले यहा यस्तो गरयौं भने त्यहा असहयोग गरिदिन्छौं भने भने अपठायारो परिहाल्यो । त्यसकारण हामीले त्यस्तो प्रस्तावलाई जानीवुझिकन नै अश्वीकार गरयौं ।

हाम्रो राजनीतिक धार प्रष्ट भयो । जाहासम्म त्यहा प्रतिनिधी पठाउन सकिन्छ की सकिदैन भन्ने हो, एक्लैको पनि त्यहा सम्भावना छ । केही ठाउहरुमा छ । ४, ५ ठाउमा देखिएको छ । हाम्रो प्रतिनिधी जितेमा र २, ३ जना समानुपातिक तर्फवाट भयो भने ६,७ जना प्रतिनिधी हुन्छन् । हाम्रै खुटामा उभिएर कसैको केही नगरि उभियौं भने स्वतन्त्र रुपमा नै हामी प्रष्ट रुपमा भण्डाफोर गर्न सक्छौं । तर जित्न जति गठवन्धन गर्दा हुन्थ्यो, त्यक्ति हुदैनथ्यो । सवैसाग लडेर जित्नु सजिलो छैन ।

० विप्लव हरुले वहिष्कार गरिरहनु भएको छ, काग्रेसका धार, एमाले माओवादीको धार छ । तपाईहरु उपयोग, विप्लवहरु वहिष्कारको कुरा छ ।  तपाईहरुले विप्लवहरुसँग गर्ने भनेको सहकार्यलाई वाधा पुग्दैन ?

 

हामी वीच सहकार्य र संयुक्त कार्यक्रमहरु भईरहेकै छ। हामीले अहिले चुनाव उपयोग भनेका छौं, उहाहरु वहिष्कार मै हुनुहुन्छ । अहिले पनि हामी धेरै टाढा त छैनौं । वैचारिक राजनीतिक विषयहरु मिल्दैन । नमिले पनि मुलभूत रुपमा एक अर्काका नजिक छौं । किनभने यो ब्यवस्थाका विरुद्ध लडने विषयमा हामी मा कुनै मतभेद छैन । एक छौं ।

तर ब्यवस्थालाई कमजोर कसरी वनाउने भन्ने तयारीका विषयमा उहाहरुले वहिष्कारकै रुपमा गर्नुपर्छ, भनेर जानुभयो । ०७० को पछि स्थानिय पनि वहिष्कार गरयौं, तर हामी ले यसलाई उपयोग गरेर जादा कमजोर जवनाउन सकिन्छ, यसलाई खारेज वनाउन सकिन्छ भनेर गएका छौं । त्यहा हामी दुईको मिलेको छैन । उहाहरु वहिष्कारमा जानुभयो, हामी क्रान्तिकारी उपयोगको नीतिमा गयौं ।

त्यो हुदा हुदै पनि एक अर्का दुईटा अलग धार भयौं, हामी, एउटा चुनावमा भाग लिने अर्काे वहिष्कार गर्ने भन्ने छैन । थोरै कार्यनीतिमा हाम्रो मिलेन । यो प्रष्ट भयो । एउटा पार्टीले अर्काे पार्टीको नीतिमा हस्तक्षेप गर्ने कुरा भएन । वहस गर्दा कन्भिस भएर आउे एउटा कुरा हो, तर अर्काे को नीतिमा हस्तक्षेप गर्ने उचित भएन । उहाहरुले जति गतिविधि गरिरहनुभएको छ, ठिकै छ, त्यो हाम्रो लागि पनि । र हामीले उपयोग गर्दा हुन्छ भन्ने हो । निर्वाचन नसकिदा सम्म हाम्रो यो अन्तर देखिने हो, निर्वाचन सकेपछि करिव त्यो सकिहाल्छ ।

० निर्वाचनमा एजेण्डा के लगिरहनु भएको छ ,
एजेण्डाका रुपमा हामीले चुनावी घोषणापत्र तयार पारेका छौं । पहिलो कुरा, जनताप्रति धोका भयो, विश्वासघात भयो । संविधानले अहिलेसम्मका क्रान्ति वलिदानलाई धोका भएको छ । हामीले माग गरेका थियौं, जनगणतन्त्रको, तर दिइयो, लोकतान्त्रिक गणतन्त्र । हामीले संसदीय ब्यवस्थाका विरुद्ध हतियार उठाएका थियौं, तर फेरि संसदीय ब्यवस्था नै आयो । त्यसकारण प्रतिक्रान्तिको दस्तावेज का रुपमा संविधान आयो, तर हामीले क्रान्तिको दस्तावेजको संविधान खोजेका थियौं ।

मागहरु सम्वोधन हुन सकेन । त्यसकारण अहिलेको संविधान खारेज गरेर नेपालमा जनगणतन्त्र चाहिन्छ भनेर चुनावमा एजेण्डा वनाएका छौं । राजनीतिक समस्या हल भयो, अव आर्थिक समृद्दिमा जानुपर्छ भन्ने कुरा उहाहरुले गरिरहनु भएको छ । तर हाम्रो कुरा अहिले पनि राजनीतिक क्रान्तिले पूर्णता पाएको छैन भन्ने मा छ । राजनीतिक समस्या समाधान नभई आर्थिक विकास हुदैन । आर्थिक विकास गर्नकै लागि राजनीतिक समस्याको समाधान खोजिएको हो । त्यो गर्नेपर्छ । राजनीतिक समस्या हल नभई आर्थिक विकास समाधान हुदैन ।

नेपालको विकासका लागि नेपालका प्राकृतिक स्रोत साधानलाई मुक्त गर्नु हो । तिनीहरुअरुद्दारा नियन्त्रित छ, अरुले कब्जा गरेर राखेको अवस्था छ । हामीले विकास गर्ने कुारमै अरुको नियन्त्रण छ भने हामीले के विकास गर्न सक्छौं ? पहिलो प्रँकृतिक स्रोत साधनलाई वाह्य हस्तक्षेपवाट मुक्त गराउनु पर्छ ।

राष्टिय स्वाधिनता नै खतरामा परेको वेला विकासको नारा दिएर त्यो राष्टियता जोगिदैन । राष्टिय स्वाधिनताको विक्रि गरेर आउने विकास विकास होइन । त्यसलाई हामी विकास मान्दैनौं । यसअर्थमा तमाम प्रकारका असमान सन्धि सम्झौता खारेज हुनु परयो । हाम्रो दशेका प्राकृतिक स्रा्रेत साधान र नदीनाला स्वतन्त्र हुनुपरयो । अनि त्यसलाई हामीले भरपूर स्वतन्त्र रुपमा प्रयोग गरेर दशेको किवास मा लैजान सकिन्छ भन्ने अजेण्डा पनि हामीले चुनावमा अगाडी सारेका छौं ।

अर्काे पक्ष पनिछ, हाम्रो चुनावी घोषणापत्रको । त्यो भनेको, उहाहरुले विदेशवाट रेमिटन्स ल्याउने र देशलाई सम्पन्न वनाउने वताउनु हुन्छ । तर हामी त्यसको पक्षमा छैनौं । रेमिट्यान्स भित्राएर नेपालका युवाहरुको ज्यानको जोखिम उठाएर अनि तइसरी नेपालमा पठाईएको पैसाको राजनीति गर्ने पक्षमा हामी छैनौं । देशको विकास गर्न श्रमशक्ति चाहिन्छ । जनशक्ति नभई देशको विकास हुदैन । जनशक्ति लगेर विदेशमा लगेर वेचिदिने , अझ रेमटियान्स ल्याउन धेरै पठाउने, अनि कसरी हुन्छ देशको विकास ?

देशभित्रको युवा जनशक्तिलाई देशभित्रै परिचालन गर्ने हुुन पर्छ । यसमा पनि हाम्रो धारणा मिल्दैन । युवाह्रुलाई स्वदेशभित्रै रोजगारीको सिर्जना गरेर श्रममा लगाउनु पर्छ हाम्रो धारणा छ । त्यसकारण हाम्रा अन्तर छन् । आधारभूतरुपमा पनि अहिलेको संविधानसाग हाम्रा कुरा मिल्दैनन । त्यसैले अहिलेका पार्टीसाग, दुईटा गठवन्धनसाग मिल्दैन । त्यसका विरुद्द तेश्रो शक्ति निर्माण गर्नुपर्छ ।

० अन्त्यमा केही छ की ?
जनताले परिवर्तनका लागि धेरै वलिदान, त्याग गरेका छन् । तर त्याग वलिदानको अर्थ पूरा हुन सकेन । सपना पूरा हुन सकेन । पूरा गर्ने दिशातिर हामी अगाडी वढयौं, केही सफलता पनि नपाएका होइनौं, तर जसले क्रान्तिको नेतृत्व गरेको थियो, उसैले पछि प्रतिक्रान्ति गर्न आईपुग्दा वलिदानको सपना पूरा हुन सकेन । जो नायक थियो, ऊ नै खलनायक वन्न आईपुगेपछि क्रान्तिका उपलब्धी जोगाउन सकेनौं । प्रतिक्रियावादीसाग मात्र लडन जति सजिलो थियो, आफुभित्र पैदा भएको नवप्रतिक्रियावादी जम्मेपछि, खलनायक जन्मेपछि पूरा गर्न गाहो हुदो रहेछ ।
त्यो कारणले गर्दा क्रान्तिले सफलता हासिल गर्न सकेन, प्रतिक्रान्ति भयो । प्रतिक्रान्ति भएपछि फेरि जनता, राष्टका अगाडी उही समस्या दोहोरिएर आएका छन् । त्यसवाट मुक्तिका लागि फेरि पनि संर्घष गर्नुको विकल्प छैन । यो हाम्रो चाहना थिएन, तर प्रतिक्रान्तिकारीहरुका कारणले विश्वासघातीले गर्दा फेरि संर्घषमा जानु पर्ने वाध्यात्मक अवस्थाको सिर्जना भएको छ । फेरि पनि अर्काे आन्दोलनको तयारी गरेर क्रान्तिको तयारी गर्ने र पूर्णता तिर लैजान फेरि संगठित भएर अगाडी वढनुको विकल्प छैन ।

 

  • शित्तल शर्मा

 

यसमा तपाइको मत