मलमा भारतीय रेलवेको अवरोध


काठमाडौं, मंसिर ६ । भारतले नेपाल आउने मलमा रोक लगाएको छ। कोलकताबाट विरगंजको सुख्खा बन्दरगाह आउनुपर्नें मल भारतीय रेलवेको अवरोधका कारण रोकिएको छ। लोड गरिएको मल पनि नेपाल नआउँदा मलको अभाव भएको छ।

हिउँदे बाली लगाउने मुखमै नेपालमा मल अभाव हुँदा किसानहरु मर्कामा परेका छन्। जामको कारण देखाउँदा भारतीय रेलवेले पटकपटक विभिन्न सामग्रीमा अवरोध गर्दैै आएको छ।

तेस्रो देशबाट आउने प्राय सामानमा भारतीय रेलवेले यस्तै अवरोध गर्दै आएको छ। कोलकतामा रेलवे ¥याक उपलब्ध नगराउँदा ढुवानीमा समस्या भएको ठेकेदार शुशिल जोशीले जानकारी दिएको खवर आजको कारोवार दैनकिले समाचार लेखेको छ ।

यसमा तपाइको मत