मोडलिङ्गमा जम्दै अनुप खड्का


 अनुप खड्का पछिल्लो समयमा मोडलको परिचय बनाउन सफल भएका छन् ।  विशेष गरी गायनमा तिब्र अभिरुचि भएका खड्का बिगत १ बर्षअघि काठमाडांौआएर साङ्गीतिक क्षेत्रमा प्रशिक्षण लिदै पत्रकारीतामा पनि संघर्ष गर्न पुगेका हुन् । नम्र स्वभाव र सुन्दरताको धनी अनि कलाकृतिमा विशेष रसभरिएका उनी आफ्नो जीवनको यात्रामा कम उमेरमै सफलता हात पार्न तयार भईका हुन् ।

वुडा म्युजिक प्रा.लि.को सहयोग तथा “परदेशी चोला”’ बोलको आधुनिक गीतबाट साङ्गीतिक यात्रामा लम्किएका उनी दर्शक र श्रोताहरुको पंशसाको पात्र बन्न पुगेका छन् । परदेशी उक्त गीतबाट निकै नै वाह ! वाही ! पाएका छन् भने हालसम्म करिब ५वटा म्युजिक भिडीयोहरुमा कुशल मोडेलको भूमिका निर्वाह गरिसकेका छन् । म्युजिक भिडियोमा मोडलिङ्ग गरिदिन निकै नै अफर आउन थालेको अनुप बताउछन् ।

उनी भन्छन् ‘अहिले म्युजिक भिडीयोमा काम गर्न धेरै अफर आईरहेको छ, । मेरो जीवनमा सङगीत नै मुख्य कुरा भएको छ । घरबाट ठुलो सपना लिएर साउदी आएका थिएँ र अहिले मेरो सपना साकार भएको जस्तो लाग्छ विदेशी मरुभुमी वाट नै ।’

नयाँ साथीहरुलाई के सन्देश दिन चाहनु हुन्छ ? भनेर राखिएको जिज्ञाषाको जवाफ दिदै उनी भन्छन ‘सङ्गीत क्षेत्रमा सफलता पाउन निकै मेनहत तथा संघर्ष गर्नुपर्ने रहेछ । यदि कोही पनि नयाँ कलाकार अवसरको खोजी गर्दै हुनुहुन्छ भने निकै ठूलो अभ्यासको खाँचो छ । यस क्षेत्रमा नयाँ साथीहरुलाई मोडल तथा साङ्गीतिक उपलब्धि हासिल गर्ने हो भने संघर्षबाट पछाडि नहट्ने अठोटको आवश्यकता पर्छ ।’

अनुपलले साङ्गितिक यात्रामा लाग्ने हो भने आफ्नो आँट र धैर्यता विना यो यात्रा सफल नहुने बुझी सकेका छन् । यस क्षेत्रमा प्रवेश गर्न रहर गरेर मात्रै नपुग्ने उनले थापाए । मोडलिङ्गको अलावा आफ्नो काम्मा उतिकै समय दिने गरेका खड्का गीतहरु वुडा म्युजिक नेपाल, शुभ यात्रा म्युजिक प्रा.लि. लगायतहरुबाट बजारमा आईरहेका

यसमा तपाइको मत