बहुचर्चित राष्ट्रिय कलाकार गजुरेल र आचार्यले दिए पोखरेललाई ४ उपमा !


महोत्तरी/बर्दिबास बहुचर्चित राष्ट्रिय कलाकार मनोज गजुरेल र टंक आचार्यले महोत्तरी जिल्ला क्षेत्र नम्बर -१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएका गिरिराजमणि पोखरेललाई ४ उपमा दिएर सम्बोधन गरेका छन । बर्दिबास नगरपालिका-११ खयरमारामा आयोजित चुनावी सभामा गजुरेल र आचार्यले गिरिराजमणि पोखरेल इमानदार, निष्ठावान, सादगी र राष्ट्रवादी नेता भएको भन्दै अत्याधिक मतले बिजयी गराउन महोत्तरीका जनतालाई आग्रह गर्नुभयो ।

गिरि भनेको सादगी, राज भनेको राज्य चलाउने बहुचर्चित राष्ट्रिय कलाकार गजुरेलले मन्त्री पोखरेलको नामको अर्थ खुलाउदै भन्नुभयो पोख रेल भनेको आफ्नै पौरखले चल्ने रेल अर्थात् स्वदेशी इन्धन ले चल्ने रेल । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम गठबन्धनलाई बिजयी गराउन देशव्यापी अभियानमा हिड्नुभएका राष्ट्रिय कलाकार टोलि पोखरेललाई भोट माग्न महोत्तरी आइपुग्नु भएको हो ।

बिना बिभगिय मन्त्री पोखरेल देश हाक्ने क्षमता भएको इमान्दार र निष्ठावान नेता हुन गजुरेल ले भन्नुभयो : महोत्तरीका जनताले ऐतिहासिक अवसर पाउनुभएको छ । गिरिराजमणि पोखरेल जस्तो राष्ट्रवादी नेतालाई भोट हालेर बिजयी गराउन पाउनु तपाईंको सौभाग्य हो । कुनै स्वार्थ नभएको, कुनै विवाद र अनियमिततामा नपर्नुभएको इमानदार नेता गिरिराजमणि पोखरेललाई मत माग्न महोत्तरी आएको प्रष्ट पार्दै गजुरेल र आचार्यले पोखरेल जस्तै बाम गठबन्धनका इमानदार नेताहरू लाई बिजयी गराउन अपिल गर्दै देशव्यापी अभियानमा हिडेको बताउनुभयो ।

यसमा तपाइको मत