बत्तीमुनिको अँध्यारोमा रहेको ललितपुरलाई उज्यालो पार्छु : शुसिला


बाम गठबन्धनबाट ललितपुर प्रदेश १ “क” बाट उम्मेदवार बनेकि लालकुमारी पुन (सुसिला) ले बत्तीमुनिको अँध्यारो रहेको दक्षिण ललितपुरलाई काठमाडौसँग जोडेर उज्यालो पार्ने योजना साथ उम्मेदवारी दिएको बताएकी छन् । चुनाव प्रचारका लागि जिल्लाको दक्षिण ललितपुर रहेकी पुनले आफुलाइ उक्त क्षेत्रका जनताले जिताए विकास गरेर सबैले हेर्न लायक बनाउने दाबी गरिन । सो क्षेत्रमा रहेका कफी, दूध र तरकारी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा लान आफुले पहल गरिसकेको जानकारी दिदै उनले कुनै दल नभनी सबै जनताको काम गर्ने बताइन ।

प्रस्तुत छ चुनाव प्रचारमै रहेका बेला उनिसँग गरेको कुराकानीः

तपाईं चुनाव प्रचारमा हुनुहुन्छ तर यो क्षेत्रका मतदाताले अझै पनि तपाइँको उम्मेदवारी के का लागि बुझ्न सकेका छैनन ?

मेरो उम्मेदवारी यो क्षेत्रको समग्र विकासका लागि हो । काठमाडौसंग जोडिएर पनि विकासले पछि पारिएको यो भुगोलको आमूल परिवर्तनका लागि हो । शिक्षा, स्वास्थ्य यातायातको बिकास गरि दुर्गमबाट सुगम बनाउन हो र अर्को कुरा भनेको यहाका मानिसहरुको आर्थिक विकास गर्नका लागि म संग अरु मानिससंग नभएका थुप्रै योजना छन त्यसैको कार्यान्वयन गर्न हो । नेतृत्वले बत्ती मुनिको अँध्यारो पारेको यो ठाउमा उज्यालो ल्याउन, आन्तरिक र बाह्य पर्यटक भित्र्याउन र काठमाडौ नजिकको सुन्दर ठाउँ बनाउन मेरो उम्मेदवारी हो ।

तर, तपाइँलाई कसैले चिन्दैनन ? चुनावमा मत माग्न सबैले तपाइले जस्तै योजना ल्याउँछन् अनि काम गर्दैनन्, तपाइँले काम गर्नुहोला भनेर कसरी पत्याउने ?

यसभन्दा अघिका नेताहरुले कुरा गरे काम गरेनन । तर मैले यो क्षेत्र राम्ररी बुझेको छु । मलाइ यहाँका समस्या थाहा छ, कसरी काम गर्नु पर्छ भन्ने पनि थाहा छ । यसभन्दा अघिका नेताहरुले के गरे ? गरेनन ? त्यता नजाउ । अब मैले गर्न सक्ने कामको योजना बनाएको छु । म संग त्यो भेगलाइ विकासले उज्यालो बनाउने भिजन र कार्ययोजना छ । दोस्रो कुरा म नीति बनाउने र त्यही नीति कार्यान्वयन गर्ने ठाउँमा जादैछु । काम गर्नको लागि जनताको साथ चाहिन्छ ११ वर्षको समयमा मैले त्यहाँका जनताको समस्या बुझेको छु र सोही अनुसार योजना बनाएका कारण काम नहुने कुरै छैन । तेस्रो कुरा मैले गर्न नसक्ने काम गर्छु भनेको छैन । मेरो स्रोत साधनले भ्याएसम्म काम गर्छु भनेको हु । म पोलिसी बनाएर काम गर्ने भएको कारण सबै काम गर्न सक्छु मात्र जनताको साथ चाहिन्छ ।

बडो आत्माबिश्वासी भएर त्यो क्षेत्रको कायापलट गर्ने कुरा गर्नु भयो तर यो काम अहिले नै सम्भव छ ?

सम्भव छ । मैले सक्ने भएर नै भनेको हु । म ११ वर्ष त्यो क्षेत्रमा रहदा मैले बुझेको के हो भने त्यहा भिजन भएको नेता नै भएनन । यदि भिजन भएको नेता हुन्थे भने विकट पहाडी जिल्लाहरु सुगम हुँदा त्यहा त्यस्तो दुर्गम हुनुपर्थेन । त्यसकारण काम गर्नको लागि योजना र त्यो योजना कार्यान्वयन गर्न स्रोत साधन चाहिन्छ वा त्यो स्रोत जुटाउन सक्ने हैसियत भएको मानिस चाहिन्छ मसंग त्यो छ । मैले एक्लै केही गर्न सक्तिन । मैले पनि केही बिज्ञ टोलि बनाउने हो । त्यहा सम्भावना रहेका कफि, दूध र तरकारी व्यवसायलाई अन्तर्रा्ष्ट्रिय बजारमा लान पहल गर्ने र गुणस्तरका उत्पादन गर्न मैले सक्छु । त्यो क्षमता मसंग छ । त्यसका लागि मैले अध्ययन पनि गरेको छु । उक्त क्षेत्रको आर्थिक समृद्धिका लागि मास्टर प्लान बनाएर छलफल गरेको छु यसकारण यो चुनावी कुरा होइन काम गर्ने योजना हो । अरु उम्मेदवार र मेरो फरक यहि हो ।

तर, तपाइको उम्मेदवारी दाइ अनन्तको कारण पाएको भन्छन् नी ?

बिपक्षी हरुले कुनै राजनीतिक एजेन्डा नपाएपछि भनेका हुन । तपाइको यहि मिडिया मार्फत सार्वजनिक गर्न चाहन्छु कि अनन्तले मलाइ टिकट दिन कोहि नेतालाइ एक शब्द भनेको प्रमाण ल्याउनुस म राजनीति गर्दिन । ललितपुर जिल्लामा माओवादीको विभिन्न पदमा बसेर त्यहाँका जनताको पसिना पुछेको कुरा कसले बिर्से होलान र । ११ वर्ष भयो मैले ललितपुरमा पार्टीमा काम गरेको । मलाइ उक्त क्षेत्रको बारेमा सोध्नुभयो भने सबै भन्न सक्छु अनि पार्टीले टिकट नदिइ कसरी कसैले माग्दैमा दिन्छ र भन्या । त्यसो भए नेपालमा गणतन्त्र ल्याउन मैले खेलेको भुमिकालाइ बिर्सिन मिल्छ ? समाज परिवर्तन गर्न लागेको मलाइ कोहि नेतासँग जोडेर प्रचार गरियो भने ललितपुरका ती हजारौं जनताको अपमान हुन्छ । म यो जिल्लाको विकास चाहने नेता हुँ त्यसकारण विपक्षीले गरेको प्रचारमा कुनै सत्यता छैन । अर्को कुरा अहिले हामी एमालेसंगको गठबन्धनमा छौं एमालेका साथीहरूले पनि मेरै नाममा सहमती गर्नु भएको हो ।

त्यसो भए तपाइका एजेन्डा के छन् त ?

धेरै, पूरा गर्न नसक्ने एजेन्डा लिएर म घर घर पुगेको छैन । मात्र मैले गर्न सक्ने योजना लिएर मत मागेको छु । मलाइ जिताउनु भयो भने कम्तिमा मैले तपाइँहरुको आर्थिक उन्नती गराउने छु । यो क्षेत्रमा विकास निर्माण मात्र होइन अन्तर्रा्ष्ट्रियस्तरमा लगेर यसको कायपलट गराउन प्रयत्न गर्नेछु । कति योजना मैले तपाइँसँग भनेको छैन त्यसको सफल कार्यान्वयन गराउने छु ।

यो त चुनावमा भोट माग्नको लागि भयो, चुनाव जितेपछी तपाईं पनि अरु जस्तै त्यहाँ जाँदै जानुहुन्न अनि कसरी गर्नुहुन्छ काम ?
त्यो क्षेत्रबाट जितेपछि त्यहाबाट अन्त जाने भन्ने त प्रश्न नै आउदैन । दोस्रो कुरा मैले क्यालेन्डर बनाएर त्यहाको काम गर्नेछु यदि जितेभने ! मैले बनाएको क्यालेन्डर अनुसार कुन दिन कति समयमा काम गर्ने सबै हुनेछ । त्यसकारण चुनाव जितेपछी अरु नेता जस्तै हराउँछ भन्ने कसैले सोच्न पर्दैन । ११ वर्ष सम्म त्यही क्षेत्रमा रहने म जितेपछि हराउने कुरै हुदैन । ढुक्क हुनुस म त्यहीँका जनतासंग हुनेछ । मेरा योजना र मास्टर प्लान सफल पार्न ।

यसमा तपाइको मत