आन्दोलनबाट उदाएकी ‘कोकिल गायीका’

आन्दोलनको वीचवाटै हुर्किएकी गायिका निर्मला घिसिङ पछिल्लो समय चर्चामा छिन् ।



तत्कालिन माओवादीले शुरु गरेको १२ वर्षे जनयुद्धको चरम उत्कर्षतिर एउटा गित खुब लोकप्रिय थियो –

तिमी झन आगो बन्नु लक्ष्य नपुग्दै म मरेछु भने, तिमी झन चट्टान बन्नु बाजको पन्जामा म परेछु भने …

हो यहि गित आन्दोलनमा होमिएका प्रत्येक सिपाहीका लागि प्रेरणाको स्रोत बन्ने गर्दथ्यो, मर्ने र बाँच्ने ठेगान नभएको त्यो समय सिपाहीहरु आफ्ना प्रेमिल भावहरु यो गित गुनगुनाउँदै व्यक्त गर्ने गर्दथे । कति सिपाहीले यहि गित घन्काउँदै आफ्नो विवाह गरेका छन् । यही गितले जोडी बाँधेका कति सिपाही युद्धको मैदानमा शहादत भए भने कति सहयात्रामै रहेका छन् ।  यो गीतको शब्द – ( छिन्ताङ) इन्द्र बहादुर थिङ को हो । उनलाई यो गीतमा रमण थामिले स्वरमा साथ दिएका छन भने संगित चन्द्र अधिकारीले भरेका थिए ।

त्यसबखत खोजि हुने गर्दथ्यो यि कोकिल कण्ठ गायीकाको । हो उनी तिनै गायीका हुन् जस्ले समाज बदल्ने अभियानमा आफुलाई समर्पित गरिन् र आन्दोलनकी गायीका बनिन् – निर्मला घिसिङ । उनले थुप्रै प्रगतिशिल गितमा आफ्नो आवाज भरेकी छिन् । प्रगतिशिल आन्दोलनकी एक प्रखर गायीकाको रुपमा उनले अझै पनि आफ्नो गायन यात्रालाई निरन्तरता दिईरहेकी छिन् ।

काँडाहरुको बिचमा हाँसेर फुल फुल्छ अँधेरी चिरेर जिवन आशा छरी उदाउँछ…..

आशा नेपालीले लेखेकी काँडाहरुको बिचमा भन्ने बोलको गीतमा पनि उस्तै समधुर स्वर निर्मलाले दिएकी छिन् । उक्त गीतको संगीत भने सुशील सिङ ठकुरीले भरेका हुन् ।

जिवन प्रति आशा जगाउने र भोली उदाउने घामप्रति निश्चिन्त रहन आह्वान गर्ने यो गित गाउँदै निर्मलाले सैलुङको काखदेखि महाभारत पर्वतका अप्ठेरा खोँचहरुमा अवस्थित गाउँहरुलाई झकझक्याएकी छिन् । सेन–च्याङ हुदै सामना परिवारमा गायीकाको रुपमा क्रियाशील हुँदा उनले पूर्वदेखि पश्चिमका विभिन्न समुदायका बस्तिहरुमा आफुलाई प्रस्तुत गरिन् ।

निर्मला घिसिङ

उनले गाएको गितबाट प्रभावित भएर कति मान्छे आन्दोलनमा लामबद्ध भए, सिपाही भए र कति शहादत भए । तर निर्मलाको यात्रा अविराम चलिरहेको छ, घडिको सुई जस्तै । उनले आफ्नो गायन यात्रालाई अझै निर्खादै लगेकी छिन् । पछिल्लो समय निर्मलाले स्वर भरेकी एउटा गीत असाध्यै चर्चित पनि बन्यो,- यु टुयवमा ।

कस्ले बनायो दाजै उडि जाने बस ..

 

यो गित गाएपछि निर्मलाको लोकप्रियता देशभित्र मात्र सिमित रहेन, उनको चर्चा खाडी मुलुकमा काम गर्ने नेपाली कामदारको ह्दयसम्म पुग्यो । नेत्रविक्रम चन्दको शब्द रचना र माईला लामाको संगित रहेको यस गितले देश परदेश कुनै पनि स्थानमा रहेका नेपाली मनलाई छोएको छ । आफुले गाएका कति गितहरुले मान्छेहरुमा राजनीतिक चेत भरेको र आफ्नो अधिकारप्रति जागृत तुल्याएको बताउँछिन् – निर्मला ।
आन्दोलनका विभिन्न उतारचढाव आरोह-अवरोहसँगैका जिवनमा गति भरेकी उनले पछिल्लो समय भने प्रगतिशिल संगितका साथै कमर्शिल गितहरु पनि गाउन शुरु गरेकी छिन् ।

भर्खरै मात्र उनले नयाँ एल्वम खवर समेत वजारमा ल्याएकी छिन् ।

पहिलो र दोस्रो गरी दुईवटा एकल गिति संग्रह बजारमा ल्याईसकेकी निर्मलालाई उनको आवाजकै कारण सिमित दायराहरुले कुनै प्रभाव पारेन । आन्दोलनकी गायीकाको रुपमा स्थापीत उनलाई एकल गितिसंग्रह रहरखबरले नेपाली सांगितिक क्षेत्रकी माझिएकी गायीकाको रुपमा स्थापित गर्दै लगेको छ ।

आजभोली मन हुन्छ चंगा……

आन्दोलनताका कलकारको भूमिका महत्वपूर्ण भएपनि शान्तिप्रक्रियापछि भने कलाकारको भूमिका ओझेलमा पर्दै गएपछि निर्मलाले पनि आफ्नो गायनलाई व्यवसायीक रुपमा अगाडी बढाएकी छिन् ।

सेलो,आधुनिक,लोक,पप जस्ता गायनका प्राय सबै बिधामा पोख्त गायीका निर्मलाले शान्ति प्रक्रियापछि नियमित शास्त्रिय संगितको क्लास लिइन् । गायनलाई परिपक्व बनाउन शास्त्रिय संगितले महत्वपूर्ण भूमिका खेल्ने निर्मलाको अनुभव छ ।

गाउनकै लागि भारत, बेलायत र जापानका मुख्य शहरहरुमा पुगीसकेकी उनी आफना सुभचिन्तक फ्यानहरुले देखाएको माया र सद्धभावले गायनलाई थप निरन्तरता दिन प्रेरणा मिलेको बताउँछिन् । आधा दर्जन जति तामाङ फिल्ममा पाश्र्व गायन गरीसकेकी निर्मलाले टेम्पो ड्राइभर, आगो, लगायतका केहि नेपाली फिल्ममा पनि आफ्नो आवाज भरेकी छिन् ।

निर्मलाको पछिल्लो खवर एल्वम मा समावेश भएको गीत कोरिवाटीको भिडियो भर्खरै मात्र रिलिज भएको छ । प्रशिद्ध गीतकार बुद्दवीर लामाको शब्द रचनामा प्रशिद्ध सेलो संगीतकार चन्द्रकुमार दोङले संगीत भरेका थिए ।

भिडियोका निर्देशन सुमन लामाले गरेका छन भने क्रिष्टिना थापाले मोडलिङ गरेकी छिन् ।

प्रस्तुती : राजन फूयाँल

यसमा तपाइको मत