चर्चित भारतीय अभिनेता शशि कपुरको निधन


मुम्बई, १८  मंसिर— चर्चित भारतीय अभिनेता शशि कपुरको निधन भएको छ ।
७९ वर्षीय कपुरको उनको सोमबार साँझ ५ बजेर २० मिनेटमा कोकिलाबेन अस्पतालमा निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए ।
नाटक शंकुलताबाट आफनो कालाकारिता सुरु गरेका उनको पहिलो फिल्म आग नामक थियो । उनको अभिनय रहेको बिरादरी, चोरी मेरा काम, फाँसी ,शंकर दादा, चक्कर पे चक्कर, कभी कभीलगायत फिल्म चर्चित भएका थिए ।
उनको दिवार नामक सुपरहित फिल्मको डाइलग मेरे पास माँ है निकै चर्चित भएको थियो ।

यसमा तपाइको मत