किन भयो अम्बे सिमेन्ट प्रालीको इजाजत रद्द ?


काठमाडौँ, १९ मंसिर – नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्राली पर्साको इजाजत रद्द गरेको छ ।

प्रालिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कम गुणस्तरको कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले आज आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रालीले आफ्नो ओपिसीको उत्पादनमा नेपाल गुणस्तरले तोकेको मापदण्डभन्दा कच्चापदार्थ प्रयोग गरेर उत्पादन गरेकाले इजाजतपत्र रद्द गर्नुपरेको जानकारी दिए ।

यसमा तपाइको मत