बच्चालाई चुसाउने दुध दुहेर विक्री !


एजेन्सी । क्रिसमस भव्य रुपमा मनाउने खर्चको जोहो गर्नका लागि एक युवतीले आफ्नै दुध बेचिकी छिन् । बेलायतकी २६ वर्षीय युवतीले आफ्नो बच्चालाई चुसाउने दुध दुहेर विक्री गरिरहेकी छिन् ।

आफ्नो दुध बिक्रिबाट आफुले अहिलेसम्म ३ हजार ७ सय पाउण्ड अर्थात् झण्डै ५ लाख ७३ हजार रुपैयाँ जम्मा गरिसकेको उनले जनाइन् । अहिले त्यो रकम बढ्ने क्रममा छ ।चार सन्तानकी आमा रेबेका हडसनकी कान्छी छोरी मिली डेढ वर्षकी छिन् । काखकी छोरीलाई पुग्ने भन्दा आफ्नो वक्षस्थलले धेरै दुध उत्पादन गरेको निधो गर्दै उनले त्यसलाई खेर फाल्नुभन्दा दुहेर बेच्ने निधो गरी सोही बमोजिम गरेकी हुन् ।

उनको एक बोतल दुध साढे १२ पाउण्ड अर्थात् झण्डै १९ सय ४० रुपैयाँमा बिक्ने गरेको उनले बताइन् । उनले अहिलेसम्म ८ जना ग्राहकलाई दुध बेचिसकेकी हुन् ।आफ्ना कतिपय ग्राहकले यौनिक प्रयोजनका लागि आफ्नो दुध खरीद गरेको उनले खुलासा गरेकी छिन् । उनको दुध पिउने पुरुषहरुले आफ्नो यौन क्षमता बढेको अनुभव गर्ने गरेका उनले भनाई छ ।आफुले आफ्नो दुध किन्न चाहने जो कोहीलाई पनि दुध बेच्ने भन्दै उनले बडी विल्डर देखि लिएर सेक्स क्षमता बढाउन चाहने सबैलाई आफुले दुध बेच्ने जनाइन् ।मान्छेको दुध पिउनु प्राकृतिक र सामान्य कुरा भएको भन्दै उनले आफ्नो दुधमा प्रशस्त भिटामिन रहेको एक टेलिभिजन कार्यक्रममा दाबी गरेकी छिन् ।

यसमा तपाइको मत