साफ महिला फुटबल च्याम्पियनसिपमा स्याङ्जाबाट सात खेलाडी छानिए


स्याङ्जा, २० मंसिर – पन्ध्र वर्षमुनिको साफ महिला फुटबल च्याम्पियनसिपका लागि स्याङ्जाबाट सात महिला खेलाडी छानिएका छन् ।

 

आगामी पुस २ गतेदेखि ९ गतेसम्म बंगलादेशमा हुने प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ एन्फाले घोषणा गरेको २० सदस्यीय टोलीमा सात खेलाडी स्याङजाबाट पर्न सफल भएका ट्रिनिटी क्लब वालिङका प्रशिक्षक दिलीप थापाले बताए ।

 

स्याङ्जाबाट सरिष्मा थापा, सुस्मा जिटी, पुष्पा गुरुङ, सरस्वती हमाल, रिया बानु, अस्मिता रनपाल र मनमाया विक च्याम्पियनसिपका लागि छनौट भएका हुन् ।

यसमा तपाइको मत