दोश्रो चरणको मतदान शुरु : भोट हालेपछि प्रचण्डले भने- समृद्धिको यात्रा सुरु भयो


काठमाडौं, मंसिर २१ । प्रतिनिधी सभा तथा प्रदेश सभाको दोश्रो चरणको निर्वाचन अन्र्तगतक आज मतदान शुरु भएको छ । विहान ७ वजे देखि नै देशका ४५ जिल्लामा मतदान शुरु भएको हो ।

निर्वाचन आयोगले विहान ७वजेदेखि साझा ५ वजेसम्मका लागि मतदान गर्ने कार्यतालिका तोकेको छ । मतदानका लागि मतदाताहरुको उत्साहजनक उपस्थिती देखिएको छ ।


विहानैवाट मतदान केन्द्रमा मतदान केन्द्रमा वाक्लिएको छ । कतिपय राजनीतिक दलका शीर्ष नेताहरुले आफुले मतदान समेत गरिसकेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफनो मतदान गरिसकेका छन् । मतदान गरेपछि उनले  शान्ति प्रक्रियापछि पहिलो पटक आफ्नै वडामा मतदान गर्न पाउँदा आफूलाई खुसी र गर्वको महसुस भएको बताए ।

उनले देशमा वामपन्थीको नेतृत्वमा सरकार बन्ने पनि बताए । प्रचण्डले सबैलाई ऐतिहासिक चुनावमा सहभागी हुन अपिल पनि गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भरतपुर महानगरपालिका वडा नम्बर १४, शान्तिपुरस्थित राष्ट्रिय आधारभूत विद्यालय केन्द्रबाट मतदान गरेका हुन् । मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले देश समृद्धिको यात्रामा सुरु भएको बताए । देशमा राजनीतिक स्थायीत्व हुने र आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने उनको भनाइ छ।

यसमा तपाइको मत