४ हजार ४ सय ८२ उम्मेदवार अग्निपरिक्षामा


काठमाडौं, मंसिर २१ । प्रतिनिधी सभा तथा प्रदेशसभा तर्फको दोश्रो चरणको निर्वाचन आज हुदैछ । यो निर्वाचनमा कुल ४ हजार ४ सय ८२ उम्मेदवार अग्निपरिक्षामा छन् । प्रदेश तथा प्रतिनिधीसभा दुवै तर्फ यी उम्मेदवारहरुको परिक्षा हुन लागेको हो ।

४५ जिल्लाका प्रतिनिधीसभा सदस्य तर्फका कुल १२८ र प्रदेश सभा तर्फका कुल २५६ सिटकालागि आज मतदान हुन लागेको हो । यस अगाडी ३२ जिल्लाका प्रतिनिधीसभा तर्फका ३७ सिट र प्रदेश सभा तर्फका ७४ सिटका लागि निर्वाचन भएको थियो ।

पहिलो चरणमा भने कुल ७०२ उम्मेदवार अग्निपरिक्षामा सहभागी भएका थिए । १० मंसिरमा भएको पहिलो चरणको निर्वाचनका उम्मेदवारहरुको भाग्य परिक्षा भने जिल्ला सदरमुकामका वन्द कोठमा थन्किएका छन् । मतदाताले मतदान गरिसकेको अवस्थामा मतपेटिका विगत ११ दिन देखि सदरमुकाममा ल्याई सिलवन्दी गरेर कडा सुरक्षा घेराका वीच राखिएको खवर आजको महिमा साप्ताहिकले छापेको छ ।

आज सम्पन्न हुने दोश्रो चरणको निर्वाचन सकेलगत्तै पहिलो चरणमा सम्पन्न भएका जिल्लाहरुको मतगणना शुरु हुने निर्वाचन आयोगले जनाएको छ । यस हिसावले हेर्दा ३२ जिल्लामा आजै साझ ५ वजेपछि मतगणना शुरु हुनेछ ।

दोश्रो चरणको आज हुन लागेको निर्वाचनमा प्रतिनिधीसभातर्फ कुल १६६३ उम्मेदवार र प्रदेश सभा तर्फ २८१९ उम्मेदवारहरु प्रतिस्पर्धा गदैछन् । विहान ७ वजेवाट साझ ५ वजेसम्म मतदान गर्न पाउने गरि निर्वाचन आयोगले कार्यतालिका वनाएको छ । आजको मतदानका लागि आयोगले १५ हजार तीन सय ४४ मतदान केन्द्रबाट मतदान गर्न सक्ने गरि ब्यवस्था मिलाएको छ ।

राजधानी काठमाडौंसहित इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, नवलपरासी (बर्दघाट सुस्तापूर्व) तनहुँ, कास्की, स्याङ्जा र पर्वत नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०, पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान बाँके, बर्दिया ,सल्यान, सुर्खेत, दैलेख, कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम र डोटी गरी ४५ जिल्लामा आज निर्वाचन हुँदै छ ।

आयोगले निर्वाचन प्रयोजनका लागि १ लाख ७५ हजार कर्मचारी परिचालन गरेको छ । मतदानका लागि सुरक्षा ब्यवस्था पन िअन्त्यन्त कडा तुल्याइएको सरकारको भनाई छ । सरकारले निर्वाचन सुरक्षाका लागि जनपद, शसस्त्र र नेपाली सेना समेत गरि तिन ओटै सुरक्षा निकायलाई सक्रियतापूर्वक परिचालन गरेको छ ।

निर्वाचन विथोल्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लागेपछि उसका गतिविधी नियन्त्रण गर्ने र भयरहित वातावरणमा निश्पक्ष, धाधलीरहित निर्वाचन सम्पन्न गराउनका लागि सरकारले तिन ओटै सुरक्षा निकायलाई समन्वय गर्ने गरि परिचालन गरेको जनाएको छ ।

यसमा तपाइको मत