अहिलेको राजनीतिलाई यसरी वुझौं


हामी महत्वपूर्ण क्षणमा छौ । हामी धेरै लामो संघर्ष धेरै ठुलो बलिदानपछि संविधान सभाबाट संविधान घोषणा गर्ने त्यो सविधान कार्यन्वयन गर्ने प्रक्रियाभित्रबाट तीन तहको निर्वाचन भर्खरै सकेका छौ । अब आम नेपाली जनताको विश्वास भरोसा अब देशमा राजनीतिक स्थायीत्व हुन्छ र विकासले गती लिन्छ भन्ने भरोसा गरेको देखिन्छ ।

वामगठबन्धन बनाएर साझा घोषणापत्र साथमा स्थायीत्व र विकासको मुद्धा अगाडि सारेर साझा उम्मेदवार बनायौ र नेपाली जनताले परिणाम दिएको छ । त्यसबाट गठबन्धनले सारेका एजेण्डा जनताबाट अनमोदन भएको प्रष्टै देखिएको छ । त्यो अनमोदानले हामी सबै राजनीतिक दलहरुलाई खाली वामगठबन्धनलाई मात्र होेइन नेपाली काग्रेस सहित पाँच वटै राष्ट्रिय पार्टीको काधमा बोकाएका छन् । बहुमत प्राप्त गर्ने गठबन्धनलाई सबैभन्दा धेरै जिम्मेवारी काधमा छ ।

मैले गठबन्धनको एउटा नेताको हैसितले विनम्रा हुनु पर्ने छ जनताको जिम्मेवारीलाई त्यही गम्भिरताका साथ आत्मसाथ गर्नु पर्ने राष्ट्रलाई एकतावद्ध गर्ने आम नेपालीका भावनालाई जाड्ने सबै दलहरुलाई समुचित रुपमा सम्वाद र सहकार्यमा राखेर देशलाई विकासको गति दिने एउटा ठुलो जिम्मेवारी नेपाली जनताले दिएको छ ।


इतिहासमा पार्टीहरु बनाउने नेताहरु बनाउने विद्धवानहरु बनाउने वैज्ञानिकहरु बनाउने अन्तह जनता नै हुन्छन् । जनताकै विचबाट विशिष्ट मान्छे पैदा हुन्छन् । कलाकार पैदा हुने संगीतकार पैदा हुने जनताकै विचबाट हो । एउटा निश्चित भुगोल र एउटा निश्चित पृष्ठभुमीमा अगाडि बढेको समाज र जनताले मान्छेहरुलाई जन्माउँछन् । मैले सधै के भन्ने गरेको छु भने पार्टी विशेष वा पार्टीका नेता विशेष भन्ने कुरा पनि जनताको उत्पादन नै हो । जनताले प्रतिभाहरु पैदा गर्ने हो । त्यसैगरी पैदा हुदा संयोग भनेपनि हन्छ ।

आवश्यकता र आकस्मिकता भन्ने गछौ । समाजको विकासक्रम मानिसको सस्कृति र चेतनाको विकासक्रम विज्ञानको विकासक्रम आवश्यकता आकस्मिकताको संर्घष अथावा द्धन्द्धमा हुन्छ भन्ने गछौ । सामाजिक विज्ञानमा आवश्यकता र आकस्मिकताको पार्टीहरु र नेताहरु पैदा हुने गर्छन भन्ने मानिएको हो । वस्तुगत आवश्यकता भएन भने जतिसुकै प्रतिवभावान भएपनि त्यसले अतभुत कुनै चिज पैदा गर्न सक्दैन । परिस्थिति परिपक्क भएको छ र त्योभित्र प्रतिभा भयो भने केही ठुल्ठुला आविस्कार हुने अतभुत विकास हुने गर्छन् । नेपालको इतिहासमा र विश्वको इतिहासमा त्यस्तै हुने गरेको छ ।

मलाई यति मात्र भन्नु छ नेपाली जनताले त्यस्तो पात्रको रुपमा नेपाली जनताले ल्यायो । आधुनिक नेपालमा सबैभन्दा ठुलो बलिदान संघर्षको नेतृत्व गर्ने अवसर प्राप्त भयो । त्यति ठुलो संघर्ष र बलिदान पृथ्वीनारायण शाहको राज्य विस्तारपछि अर्को भएको थिएन । त्यति ठुलो राजतन्त्रबाट गणतन्त्रसम्म ल्याउने नेतृत्व गर्ने अवसर प्राप्त भयो । यति ठुलो अवसर कमै व्यक्तिलाई प्राप्त हुन्छ । आकस्मिकता र आवश्यकताले मलाई त्यहाँ पुयो । मैले त्यसैले नेपाली जनताप्रति ऋणि छु भन्ने गरेको छु । त्यो अवसर नेपाली जनता र नेपाली समाजले दियो । अझ ठुलो कुरा के लाग्छ भने त्यही व्यक्ति शान्ति प्रक्रियाको पनि नेतृत्व गर्ने कमै देख्न पाईन्छ ।

विद्रोह र शान्तिको नेतृत्व गर्ने कमै व्यक्तिलाई प्राप्त हुन्छ त्यसलाई निष्कर्षमा पु¥याउने पनि नेपाली जनता र नेपाली समाजले अवसर प्राप्त गर्ने दियो । त्यस अर्थमा नेपाली जनता र नेपाली समाजप्रति ऋणि छु । फेरी सविधान सभाबाट सविधान बनाउने अवसर पनि मलाई प्राप्त भयो यस्तो कमै पार्टी र कमै नेतालाई इतिहासमा एउटै व्यक्तिलाई प्राप्त हुने कमै देखिन्छ । अथवा यस्तो विरलै अपवाद जस्तै देखेको छु । आफैले सविधान सभाबाट सविधान घोषणागरी प्रधानमन्त्रीको हैसियतले देशलाई निर्वाचनतर्फ लग्ने नेपाली समाजले अवसर दियो ।

आज निर्वाचनपछि नेपाली समाजको स्थायीत्व र समृद्धिको नयाँ यात्रातिर एउटा युगतिर जादैछ त्यसको नेतृत्व गर्ने अवसर हामीलाई प्राप्त छ । यि कुरालाई सम्झिदा आफैलाई नेपाली जनताको राष्ट्रको ऋणि भएको महशुस गर्छु । यहाँ सम्म आईपुग्न पक्कै पनि कति धेरै अप्ठ्यारा कति धेरै चुनौति र जटिलता पार गर्नु पयो भन्ने सबैलाई अवगत भएकै होला । यो क्रान्ति शान्ति सविधान कायन्वयन जस्ता अप्ठ्यारा र जटिलताबाट खाडिएर आएको हो ।

अझै निर्वाचन सम्मपन्न गर्ने कायन्वयनन मुलुभुत अध्याय समापन गर्ने क्रम झन ठुलो अग्नी परीक्षाबाट गुर्जन पयो । समृद्धि र स्थायीत्व सहितको नयाँ नेपाली समाजको अभियानसम्म आईपुगेका छौ । अझै अगाडि जटिलता छैनन भन्ने त होइन । सविधानका ब्याख्यामा ऐन कानुनको ब्याख्यामा राजनीतिक स्वार्थमा विचमा विवादहरु बहसहरु चली रहेका छन् । जनताले गरेको फैसला भन्दा अर्को केही हुने छैन । सविधान सभा मार्फत राजतन्त्र फालेपछि नेपाली जनातालाई सार्वभौम सत्ता जनता भनेर परिभाषित गरेका छौ । ऐन कानुनहरु जनताको फैसालाको अगाडि सामान्य नै हुन । तर, पनि बहस चली रहेको छ चलीनै रहन्छ । जनताको स्थायित्व र समृद्धितिरको यात्रालाई कसैले उल्टयाउन कसले सक्दैन ।

यसमा तपाइको मत