कोठी सञ्चालक छुटाउन रामशरणको दवाव

डा रामशरण महतले प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटी सुनवहादुर लाई छुटाईदिन अनुनय विनय गरेका छन् ।



काठमाडौं । महिला बेचबिखनको आरोपमा प्रहरी हिरासतमा रहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का वडाध्यक्ष सुनबहादुर तामाङलाई छुटाउन काग्रेस नेता डा रामशरण महतले दवाव वढाएका छन् । भारतका विभिन्न चार स्थानमा कोठी (यौनगृह) सञ्चालन गरेको तथ्य खुले पछि प्रहरीले सुनवहादुरलाई प्रक्राउ गरि अनुसन्धान गरिरहेको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले तामाङलाई एक हप्ता अगाडी दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित वडा कार्यालयबाटै पक्राउ गरेको थियो । उनलाई छुटाउन डा महतले प्रधनमन्त्री शेरवहादुर देउवासम्मलाई भेटेरै दवाव वढाएका छन् ।
एक उच्च स्रोतका अनुसार डा महत हिजो वुधबार प्रधानमन्त्री देउवालाई वालुवाटारमै पुगेर भेटी उनलाई छुटाईदिन आग्रह गरेका थिए ।

उनको पक्राउले जिल्लमा काग्रेसमाथी थप घाटा पुरायाएको र जसरी भए पनि छुटाउनु पर्ने भन्दै देउवासँग महतले लविङ गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री देउवाले प्रहरीका एआईजीलाई फोन गरेर उनलाई छुटाउनु पर्ने र त्यसको वन्दोवस्ती मिलाउन निर्देशन दिएका थिए ।

सुनवहादुर विरुद्ध नुवाकोट दुप्चेश्वर गाउँपालिका–१ का तीनजना पीडित महिलाले सिआइबीमा जाहेरी दिएका थिए । पटक पटक अर्थमन्त्री भईसकेका काग्रेस नेता महत नै कोठी सञ्चालकका पक्षमा लागेर उनलाई छुटाउन प्रधानमन्त्री सम्मलाई दवाव वढाउन पुग्नुलाई धेरैले आश्र्चयका रुपमा लिएका छन् ।

कहाँ–कहाँ छन् कोठी ?

प्रहरीका अनुसार तामाङले भारतको नयाँदिल्लीस्थित जेबी रोडको गल्ली नम्बर ६४, पुनास्थित सोना गार्छे–१५, कोलकाता र मुम्बई गरी चार ठाउँमा कोठी सञ्चालन गरिरहेका छन् । उनको जेबीरोडस्थित कोठीमा ३५ जना, सोना गार्छेमा २७, कोलकातामा १५ र मुम्बईस्थित कोठीमा आठजना युवती छन् ।

पीडितको बयानअनुसार सबै कोठी उनकी श्रीमती राधा तामाङले सञ्चालन गर्दै आएकी छिन् । ‘मेरी भाउजूलाई सुनबहादुरले १२ वर्षको उमेरमा दिल्ली लगेछन् । त्यहाँ उनकी श्रीमती राधाले कोठी चलाउँदी रहिछन् । भाउजूलाई वेश्यावृत्तिमा लगाएछन् । सात वर्षसम्म उहाँले त्यहीँ काम गर्नुभएछ । पछि मेरो दाइले त्यहाँबाट उद्धार गरेर गाउँ ल्याएर बिहे गर्नुभयो,’ स्थानीय विष्णु तामाङले भने ।

विष्णुका अनुसार सुनबहादुरले भारतको विभिन्न सहरका कोठीमा २५० भन्दा धेरै नेपाली युवती लगेर बेचेका छन् । त्यसमध्ये १५० जना नुवाकोटकै रहेको उनले बताए । ‘उनको पेसा नै चेलिबेटी बेच्ने हो । यस क्रममा उनले २५० भन्दा धेरै नेपाली युवती भारतमा लगेर बेचेका छन्,’ विष्णुले भने ।

मुद्दा खेपिरहेका वेला कांग्रेसबाट विजयी

स्थानीय निर्वाचनमा दुप्चेश्वर गाउँपालिका–१ को अध्यक्षमा कांग्रेसबाट निर्वा्चित ४९ वर्षीय तामाङ मानव बेचबिखन तथा ओसारपसारको आरोपमा मुद्दा खेपिरहेका थिए । मानव बेचबिखनमा संलग्न भएको भन्दै ५ वैशाख ०७१ मा नुवाकोट जिल्ला अदालतमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो । पीडित ३७ वर्षीया एक महिलाले तामाङसहित अवतार, पासाङ, राधा, टीकाराम तामाङलाई विपक्षी बनाएर मुद्दा दायर गरेकी थिइन् । १० महिनाअघि पक्राउ परेका तामाङ ६ लाख धरौटी राखी रिहा भएका थिए ।

३१ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनअगावै मानव बेचबिखन मुद्दा खेपिरहेकै क्रममा उम्मेदवारी दिएर उनी निर्वाचित भएका थिए । सो मुद्दामा तामाङले जिल्ला अदालत विदुरमा आफैँ उपस्थित भएर मासिक रूपमा पेसी लिइरहेको जिल्ला अदालतका स्रेस्तेदार महिमानसिंह विष्टले बताए । तामाङको अर्को तारेख आगामी ११ पुसमा छ ।

यस्तो छ सुनबहादुरको विगत

०५३ मा प्रहरीले सुनबहादुरसहित चारजनालाई झापाको काँकडभिट्टामा नियन्त्रणमा लिएको थियो । उनीहरूले नुवाकोट घ्याङफेदीका चार नेपाली युवतीलाई काँकडभिट्टा हुँदै भारत लैजाँदै थिए । सुनबहादुरसहित तीनजना प्रहरीको आँखा छलेर फरार भए । प्रहरीले निमा लामा तामाङलाई पक्राउ ग¥यो । अदालतको आदेशबाट निमा जेल चलान भए ।

सोही मुद्दामा नुवाकोट जिल्ला अदालतले २६ असोज ०६८ मा सुनबहादुरलाई ६ वर्ष कैद सजायसहितको फैसला सुनायो । तर, उनी फरार नै रहे ।नुवाकोट घ्याङफेदीकै बेचिएकामध्ये दुई युवती दिल्लीस्थित कोठीबाट भागेर नेपाल फर्के । उनीहरूले ०७१ जेठमा नुवाकोट जिल्ला प्रहरी कार्यालयमा सुनबहादुरविरुद्ध उजुरी गरे ।

प्रहरीले उनलाई पक्राउ प¥यो । तर, अदालतबाट पाँच लाख रुपैयाँ धरौटीमा उनी छुटे । त्यसबेला उनले मुद्दा कमजोर बनाउन पीडितलाई अदालतमै उपस्थित हुन दिएका थिएनन् ।

छोरा पनि मानव बेचबिखनमा सजाय भोग्दै

प्रहरीका अनुसार उनका छोरा रमेश तामाङ पनि मानव बेचबिखनमा संलग्न छन् । उनी अहिले मानव बेचबिखन मुद्दामा नुवाकोटस्थित कारागारमा सजाय भोगिरहेका छन् ।

यसमा तपाइको मत