के सबै नाक चुच्चे र जनै भिर्नेहरु बाहुनबादका पुजारी हुन त ?


हिजो ठुल-ठुला परिबर्तनका निम्ति आफ्ना ज्यानको आहुति दिने ती बाहुन,क्षेत्री अनि जैसी किन आज अन्य जातिको दुश्मन जत्तिकै भए। यो गम्भीर बहसको विषय हो । आज समाज र सस्कृतिको सम्मान गर्नु त कता-कता अर्काको अस्थित्व नै मेटाउनु पर्छ भन्दै समाज बिरोधाभाष हुने गरि गत बर्ष ब्यानर नै टासेर दसैं बहिस्कार कार्यक्रम भन्दै हिडनेलाइ तपाई जनजाति,दलित,बाहुन क्षेत्री को नेतृत्व गर्ने एक जमातले के भन्नू हुन्छ ।

के हो बाहुनबाद ?

जो रातभरि परसरेको स्वास्नीसग एउटै ओछ्यानमा पल्टेर बिहानै एक माना घ्यू र धुपिको धुप-ध्वार गरेर आफूलाइ चोखो छु भन्ठान्छ। उ पल्लो बस्तिमा कुनै दलितको मृत्यु हुदा मलामी गएर आयका सबै कपडा फ्याँकेर गाइको मुतले मुख भरि बिरोल्दै आए न-आएका संस्कृत शब्द कनि कुथी जप्दै आफुलाइ चोख्याउछ। हक्न बस्दा बाहुनले कान फुक्दै लगाइदिएको जनै कानमा सिउरिएर बस्छ। र भुँडी फर्काइ सके पछि जनै तल झार्न स्वास्निलाइ बोलाउछ । हो यी यस्ता कुसंस्कारका अन्धभक्तबादि जस्ले आफ्नो संस्कार सस्कृतिको नाममा अन्या जाती समुदायको उपेक्षा गर्छ । हो तिनै हुन बाहुनबाद। यी र यस्ता प्रसस्त उदाहरण हामी संग धेरै छन्। जसले बाहुनबादको असली चित्रण गर्छ।

यद्यपि मान्छेलाइ ब्याक्तिगत स्वातन्त्रता भने पक्कै छ। अरुको समाज र संस्कृतिको सम्मान गर्नु सबै मानव जातिको धर्म हो । यी र यस्ता कुसंस्कार र कुरिति बाहुन,क्षेत्री अनि जैसी जातिहरुमा मात्रै छ भन्ने हैन। त्यसो त जन-जाती दलित भित्र पनि अन्तर जातिय युद्ध भने पक्कै छ। बाहुनबाद दलित जाति भनेर उपहास गर्दिएका उत्पीडित समुदाय भित्र पनि छ जस्ले आफ्ना जाती विशेषका प्रतेक क्रियाकलापमा उनिहरुलाइ नै बोलाउनु पर्छ। काज क्रिया,श्राद्द पुजा पाठ आदि इत्यादीमा।

जनजाति समुदाय मध्यको तामाङ समुदायमा आज पनि मृत्यु भएको मान्छेको आस्याङ(मामा) र लामा उपस्थित नहुन्जेल लासलाइ तेलमा डुबाएर राख्ने चलन छ भने बिवाहमा पोङ पनि भित्र्याउने चलन चल्ती छ। हुन त यी सबैको आफ्नो संस्कार र प्रक्रियासँग एउटा छुट्टै आस्था पक्कै जोडिएको हुन्छ। तर आज हामी सबै विभिन्न बहानामा आफ्नो कमजोरी भन्दा पनि अरु भित्रको खोट पन केलाउन निकै रमाइलो मान्छौ। हामी प्रतेक जात-जाती र धर्म सम्प्रदाय हुर्किएका हुनाले पनि हाम्रो आफ्नै मौलिक संस्कृती र सस्कार छ। त्यस भित्र कयौं कुसंस्कार,कुरिती र अन्धबिस्वास छ जसलाइ समाज परिवर्तनको नामामा झ्वाटै परिबर्तन भएको देख्न खोज्दा देश कतै रुवाण्डा र दक्षिणि सुडान त हुने हैन भन्ने त्रास मनमा खेली रहन्छ।

हिजो जातीय उत्पीडनको लागि दस बर्से जनयुद्ध चलिरहदा त्यो मुक्ती योद्धाहरुमा कुनै जाती,धर्म र समुदाय बिचको कलह थिएन सबैको एउटै अभिलाषा मुक्ति,परिबर्तन एबम आफ्नो अधिकार र अस्थित्वको रणसग्रंम एउटा निश्चित योजना थियो। जहाँ हजारौं जन-जाति दलित बाहुन-क्षेत्रीले हाँसी हाँसी आफ्नो बलिदानी दिए र आज पनि तिनै बर्गका निमित्त ज्यानको बाजि लगाएर कलम र ती मस्तिष्क चलाइ रहेका छन। तर बिडम्बना समाजका बुज्रुक भनौदा हरु सबैलाइ एउटै घानमा हालेर आफ्नो स्वार्थ पुर्तिका निम्ति जातियता र धार्मिक युद्धको बिजारोपन गर्न लालाहित छन्। मुख्य युद्ध भनेकै वर्गसंघर्ष र जाती विशेषलाई अधिकार सम्पन्न गराउनु नै हो। यसो भन्दैमा सयौं सताब्दि यता चल्दै आएका समाजका हरेक सस्कृतिलाइ डाइनामिक ओडमा परिबर्तन गर्न सकिन्छ भन्ने अतिपरिबर्तनशिल मानसिकता राख्नु पनि आफैमा घातक बन्न सक्छ।

हरेक चिजको आफ्नै प्रक्रिया छ,दुनियाँका शक्तिसाली रास्ट्रहरुलाई नजिक बाट नियालेर हामी तिनकै दाँजोमा हाम्रा समाज अनि संस्कृतिलाइ कपि पेस्ट गर्न रुचाउछौ। तर हाम्रो समाजको ब्याप्त रुढीबादी चिन्तन र अर्धचेतनसिल मानसिकता कति सम्म छ भन्नेकुरालाइ ख्याल गर्दैनौं, र सबै बाहुन क्षेत्री बाहुनबादको मसिया हुन र बाहुनबादकै कनेक्सन बाट चलेका क्षेत्री बाहुन हुन भन्दै खरो बिरोध गर्छौ। इतिहासमा सयौं त्यस्ता बाहुन क्षेत्री पनि छन् जसले बाहुनबाद विरुद्ध निस्संदेह गोलिका खोका खाए तिनै दलित जनजाती अल्पसंख्यक जाति विशेषका मुक्तिका निमित्त जीवनकाल सबै परिवर्तन र अधिकार स्थापित गर्न निरन्तर लागि रहे र आज पनि लागि रहेका छन्। त्यसैले पनि सबै नाक चुच्चे अनि सबै जनै भिर्ने बाहुनबाद हुदैन। सधै र सबैलाइ जातीय बिरोधि कालो चस्मा लगाएर देख्नु गलत हो !

दिपक न्यौपाने
सिन्धुपाल्चोक
हाल युएई

यसमा तपाइको मत