प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा नदिएसम्म अनसन तोड्दिन : डा केसी


२७ पुस,काठमाडौँ । प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले राजीनामा नदिएसम्म अनसन नतोड्ने डा गोविन्द केसीले अडान लिएका छन् ।
अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चबाट साधारण तारेखमा रिहा भएका डा केसी त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् ।

केसीले बुधबार सर्वोच्च परिसरबाट बाहिरिने क्रममा अनसन जारी राख्ने या स्थगित गर्ने भन्नेबारेमा आज थप निर्णय हुने बताएका थिए । तर, पराजुलीको राजीनामालाई नै मुख्य माग बनाउँदै केसीले अनसन जारी राख्ने निर्णय गरेका हुन् ।

सर्वोच्चले केसीको अवहेलनामा मुद्दामा प्रधानन्यायाधीश पराजुलीको दुवै नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र झिकाउन आदेश दिँदै केसीलाई तारेखमा हिरा गरेको थियो ।

यसमा तपाइको मत