सहमतिको साझा धारणा बनाउन एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक जारी


काठमाडौं, पुस २८ ।

राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनमा सहमतिको साझा धारणा बनाउन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठक बसिरहेको छ । एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसिरहेको बैठकले प्रदेशसभा र स्थानीय तहमा प्राप्त गरेको सिट संख्या, पार्टी एकताको स्पिरिट, उम्मेदवारको क्षमता लगायतलाई आधार मानेर समान धारणा तय गर्ने कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

 

कार्यदलले साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन बुझाउने जिम्मेबारी पाएको छ । पार्टी एकता भइनसकेकाले राष्ट्रिय सभा र प्रदेश सरकार गठन हुँदा कसरी सिट भागवण्डा गर्ने भन्नका लागि कार्यदल छलफलमा जुट्न लागेका हुन् । कार्यदलमा एमालेका तर्फबाट नेता नेम्वाङसहित शंकर पोख्रेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेकोे छ ।

यसमा तपाइको मत