छिन्ताङमा मारिएका १६ जनालाई शहिद घोषणा गर्ने सरकारको निर्णय


काठमाडौं, पुस २८ ।सरकारले धनकुटाको छिन्ताङ काण्डमा मारिएका १६ जनालाई सहिद घोषणा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले सहिद घोषण गर्ने निर्णय गरेको हो । २०३६ सालमा धनकुटाको खोकु छिन्ताङ गाउँमा भूमिगत नेकपा मालेले गरेको सांस्कृतिक कार्यक्रममा राज्यपक्षले गोली चलाउँदा १६ जनाको हत्या भएको थियो । मन्त्रीपरिषदको बैठक भने जारी छ ।

कर्मचारी स्वेच्छिक अवकाशको प्याकेज घोषणा गर्ने विषयमा छलफल चलिरहेको छ । कर्मचारी समायोजन ऐनमा रहेको व्यवस्थाअनुसार समायोजनमा जान नचाहने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्याकेज घोषणा गर्ने सरकारको तयारी छ । कर्मचारी समायोजन ऐनमा तीन महिनाभित्र स्वेच्छिक अवकाशमा जाने कर्मचारीका लागि सरकारले प्याकेज घोषणा गरी आव्हान गर्नुपर्ने व्यवस्था छ । समायोजनमा जानुअघि निजामती कर्मचारीलाई स्वेच्छिक अबकाशमा जाने अवसर दिने समायोजन ऐनको व्यवस्थाअनुसार सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्ने तयारी समेत गरेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

 

प्रदेश प्रमूखको नियुक्ती र प्रदेशको अस्थायी राजधानी तोक्ने निर्णय भने आजको मन्त्रीपरिषद् हुने नहुने अन्यौल भएको छ । मन्त्रीपरिषद् बैठकको एजेण्डामा यो बिषय नभएपनि छलफल भने हुने बाणिज्य मन्त्री मिन विश्वकर्माले जानकारी दिए । आज प्रदेश प्रमूखको नियुक्ती र प्रदेशको अस्थायी राजधानी नतोकिए आउँदो सोमबार बस्ने बैठकले तोक्ने तयारी भएको छ ।

यसमा तपाइको मत