माओवादी केन्द्र सरकारबाट बाहिरियो


काठमाडौं, पुस २८ ।नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ । माओवादी मन्त्रीहरुका तर्फबाट गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजिनामा बुझाएको हो ।

सरकारको नेतृत्व गरिरहेका उपप्रधान एवं विना विभागीय मन्त्री कृष्णबहादुर महरा राजधानी बाहिर भएकोले पार्टीका मन्त्रीहरुको राजीनामा पोखरलले प्रधानमन्त्री देउवालाई बुझाए । माओवादी केन्द्रबाट मन्त्री र राज्य मन्त्री गरी १६ जना सरकारमा थिए । प्रधानमन्त्रीले विना विभागीय बनाएको चार महिनापछि मात्रै माओवादी मन्त्रीले सरकार छोडेका छन ।

यसमा तपाइको मत