नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा फेरी राजेशकाजी श्रेष्ठ चयन


काठमाडौं, पुस २८ । नेपाल चेम्बर अफ कर्मस्को अध्यक्षमा फेरी राजेशकाजी श्रेष्ठचयन भएको छ । चेम्बरको आज बिहान सकिएको ६७ औं साधारणसभाले श्रेष्ठको अध्यक्षतामा ६३ सदस्यसीय नयाँ कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल, उपाध्यक्षहरुमा कमलेस अग्रवाल, महेन्द्रमान श्रेष्ठ, दिपक मल्होत्रा, इच्छाराज तामाङ र नरेश श्रेष्ठ चयन भएका छन । चेम्बरको मानार्थ उपाध्यक्षमा भने भास्करराज राजकर्णिकारलाई मनोनित गरिएको छ ।

यसमा तपाइको मत