आप्रवासीविरुद्ध अमेरिकी राष्ट्रपति ट्रम्पको तुच्छ टिप्पणी


काठमाडौं, पुस २८ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासीविरुद्ध तुच्छ शब्द प्रयोग गरेकोे छ । ह्वाइटहाउसमा सांसदहरुसँगको छलफलका क्रममा राष्ट्रपनि ट्रम्पले हइटी, एल साल्भाडोर र अफ्रिकी देशका आप्रवासीबारे अपमानजनक भाषा प्रयोग गरेका हुन ।

 

छलफल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएकाले ट्रम्पले गोप्य बैठकमा यस्तो धारणा राखेका थिए । ह्वाइटहाउसले पनि राष्ट्रपतिको यस्तो अभिव्यक्ति दिएको अस्विकार गरेको छैन । ह्वाइट हाउसका प्रवक्ता राज शाहले अन्य नेता विदेशी देशका लागि लड्छन् तर ट्रम्प अमेरिकी जनताको हितका लागि संघर्षरत रहेको प्रतिक्रिया दिनएको छ । राष्ट्रपति ट्रम्प सँधै अमेरिकालाई बलियो, समृद्ध र अगाडी बढाउन सक्ने गुणस्तरीय आप्रवासीका पक्षमा रहेको र यसको स्थायी समाधानको खोजीमा जुटिरहेको पनि ह्वाइटहाउसले जनाएको छ ।

यसमा तपाइको मत