काभ्रे सेवा समाज मलेसियाको नेतृत्वमा दोस्रोपटक पिडितलाइ सहयोग


काभ्रे सेवा समाज मलेशियाले तेमाल गाउँपालिका वडा नम्बर-९ का २७ बर्षका भोज कुमार दोङ्लाई काभ्रे सेवा समाजको नेतृत्वमा दोस्रो पल्टा आर्थिक सहयोग गरेको छ। वैदेशिक रोजगारीको लागि दुवई पुगेका दोङ् दुवै मृगौला फेल भए पछी स्वदेश फर्केका थिए । आर्थिक स्थिति कम्जोर भएकै कारण मृगौला प्रत्यारोपण गर्न नसकेर मृत्यु कुरेर बसेका भोज कुमारलाई मलेशियामा श्रम गर्न आएका काभ्रे बासिहरुले दोस्रो किस्ता आर्थिक सङकलन गरि मृगौला प्रत्यारोपणका लागि सहयोग रकम पठाएका छन।

उपचारको लागि रकम अभाब भएर भक्तपुर मानव आपाङ्ग प्रत्यरोपण अस्पातालमा राखिएको जानकारी पाई रेडियो गेताङको प्रस्तोता सुदिन दोङले दिए सङै आर्थिक जुटाउन अभियान थालिएको समाजका महासचिव दावा तामाङ्ले न्युजबिहानी डटकमअनलाइन लाई बताए । काभ्रे सेवा समाज मलेशियाले सन्चालन गरेको उक्त अभियानमा मलेशियन ६१०१ रिङिट नेपाली रु.१,५३,४२४ रुपैया पहिलो किस्ता आर्थिक सङकलन भएको थियो भने उक्त रकम पिडितको हातमा हस्तान्तरण गरिएको छ । यस्तै काभ्रे सेवा समाज मलेसियाकै नेतृत्वमा दोस्रो किस्ता संकलन मलेसियन 1010 रिङ्गेट नेपाली 25,231 रुपैयाँ #IME बैंक मार्फत सुदिन लामाको नाममा पठाएको र सुदिन लामाको हातबाट उक्त रकम पिडितको हातमा हस्तान्तरण गरिएको दोर्जे तामाङले जनाएको छ ।

काभ्रे सेवा समाज मलेसियाको दोस्रो अभियानमा सहयोग गर्ने सम्पूर्ण सहयोगी दाताहरु नाम नम्न अनुसर छन् ।
राजन दोङ काभ्रे चोपटार RM: 405
दोर्जे तामाङ काभ्रे चोपटार RM: 405
चन्द्र लामा सिन्धुपाल्चोक RM: 100
सुबस सुनुवार तनहुँ RM: 100

यसमा तपाइको मत