सरकार सँग पाँच बुँदे सहमति, अनसनरत डाक्टर केसीले आज अनसन तोड्ने


काठमाडौं २९ पुस । सरकारसँगको पाँच बुँदे सहमति पछि अनसनरत डाक्टर गोविन्द केसीले आज अनसन तोड्ने हुने भएको छ ।

१४ औ पटक अनसन बसेका डाक्टर केसीले आज विहान १० बजे अनसन तोड्नु हुने उनका सहयोगी डाक्टर जीवन क्षेत्रीले जानकारी दिए । गत सोमबार प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामाको माग गर्दै उहाँले अनशन शुरू गरेको थिए ।

सरकारसँग भएको सहमतिमा प्रधानन्यायाधीश पराजुलीको राजीनामाबारे भने केही उल्लेख गरिएको छैन । सम्झौतामा चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिश समिति गठन गर्ने, आइओएमको डीनमा प्रा डा जगदीश अग्रवाललाई नै निरन्तरता दिने, पाँच दिनदेखिको अनसन तोड्ने लगायतका विषयहरु समेटिएका छन् ।

अदालतको अपहेलना मुद्दामा सोमबार हिरासतमा लिइएका उनलाई बुधबार सर्वोच्च अदालतले साधारण तारेखमा छोडेको थियो । डाक्टर केसीको यो १४आँै आमरण अनशन हो ।

यसमा तपाइको मत