खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल शुरु हुदै


काठमाडौं २९ पुस । धनगढीमा जारी खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाइनलका खेल शुरु हुदैछन् । धनगढि रंगशालामा हुने पहिलो सेमिफाइनलमा आज मनाङ मस्र्याङदी र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुदैछ ।

खेल दिउँसो धनगढी क्षेत्रिय रंगशालामा हुनेछ । यसअघि हिजो भएको अन्तिम क्वाटरफाइनलमा रुपन्देही–११ लाई पराजित गर्दै मनाङ मस्र्याङ्दी सेमिफाइनलमा प्रवेश गरेको हो । सेमीफाईनलमा पुग्ने चार टिमको टुङगो लागेसंगै अब भोलि दोस्रो सेमफिाईनलमा सुदुरपश्चिम ११ र एपीएफ भिड्नेछन् ।

 

सर्वाधीक धनराशाीको सुदुरपश्चिम खप्तड गोल्डकपका विजेताले ११ लाख ११ हजार १ सय ११ र उप विजेताले ५ लाख ५५ हजार ५ सय ५५ नगद प्राप्त गर्ने छन् ।

यसमा तपाइको मत