नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आज २५ औं वार्षिकोत्सव तथा रजत जयन्ति मनाउँदै


काठमाडौं २९ पुस। नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आज २५ औं वार्षिकोत्सव तथा रजत जयन्ति मनाउँदैछ । वार्षिक उत्सवको अवसरमा आज एक्सचेन्जले विषेश कार्यक्रम गदैछ । दिउँसो एक्सचेञ्जको कार्यालय भद्रकालीमा साधारणसभा र बेलुकी रजत जयन्ति समारोह गरिने प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले जानकारी दिए । स्टक एक्सचेन्जको स्थापना २०५० सालमा भएको हो ।

यसअघि विस २०३३ मा सेक्युरिटी खरिद बिक्री केन्द्र स्थापना भएकोमा २०५० देखि नेपाल स्टक एक्सचेन्ज स्थापना भएको हो । स्टक एक्सचेन्जको नियमनकारी निकायको रुपमा नेपाल धितोपत्र बोर्ड रहेको छ भने एक्सचेन्जले २०७२ देखि अभौतिक धितोपत्रको कारोबार गर्दै आएको छ ।

 

वार्षिक उत्सवको अवसरमा विज्ञप्ति जारी गर्दै एक्सचेन्जका अध्यक्ष लक्ष्मण न्यौपनेले लगानीकर्ताको हितलाई ध्यानमा राखि धितोपत्र बजारको कारोबार अझ ब्यवस्थित पार्दै लैजाने प्रतिवद्धता ब्यक्त गरेकोे छ । उनले नेप्सेले लगानीकर्ताको विश्वास, मनोबल उच्च राख्न धितोपत्रको कारोबार तथा सो सम्बन्धि कार्यमा स्वच्छता, निष्पक्षता, पारदर्सिता कायम राख्ने भुमिका खेल्ने विश्वास ब्यक्त गरेको छ ।

यसमा तपाइको मत