अंग प्रत्यारोपण केन्द्रका नर्सहरुको पुर्नवहालीको माग गर्दै देशभरका नर्सहरु आन्दोलनमा


काठमाडौं २९ पुस। मानव अंग प्रत्यारोपण केन्द्रका नर्सहरुको पुर्नवहालीको माग गर्दै आन्दोलनमा उत्रेका देशभरका नर्सहरुले आज पनि एक घण्टा काम छाड्ने भएका छन् । विभिन्न ११ बुँदे माग राख्दै नेपाल नर्सिङ्ग संघको आह्वानमा आन्दोलनमा उत्रिएका उनिहरुले आज पनि विहान १० देखि ११ बजेसम्म देशभरका नर्सिङ सेवा ठप्प पार्ने जनाएका छन् ।

भोलि सम्म एक घण्टा काम छाड्ने बताएका आन्दालित नर्सहरुले पर्सि माघ १ गतेदेखि भने ३ दिन सम्म विहान १० बजेदेखि ३ घण्टा ड्युटी छाड्ने तथा ४ गते देखि ७ गते सम्म ड्युटीमै नजाने गरी आन्दोलनको कार्यक्रम तय गरेका छन् । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले तीनजना नर्स सहित सात जनालाई कामबाट निस्काशन गरेपछि आन्दोलनको पहिलो चरणमा बुधवार हातमा कालो पट्टी बाधेर नर्सहरुले आन्दोलन सुरु गरेका थिए ।

 

संघले नर्सहरुमाथि भएका श्रम शोषण, अधिकारसहितको नर्सिङ्ग सेवा महाशाखा पुर्नस्थापना गरिनु पर्ने, स्कुलमा नर्स राखिनु पर्ने, मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सहरुको पुर्नबहाली लगायतका माग राखेका छन् ।

यसमा तपाइको मत