भक्तपुरको उद्योगधन्दा फष्टाउन नसकेको उद्योगी व्यवसायीको गुनासो


भक्तपुर, पुस ३० ।   भक्तपुरको उद्योगधन्दा फष्टाउन नसकेको भन्दै उद्योगी व्यवसायीले गुनासो गरेका छन् ।

भक्तपुरमा आज भएको कार्यक्रममा उद्योग वाणिज्य संघ भक्तपुरका अध्यक्ष केपी अवालले उद्योगको विस्तार र व्यवसायको पाटो पहिचान गरी शहर विस्तार गर्न नसक्दा उद्योग व्यवसाय धराशायी बन्दै गएको बताए ।

उनले भक्तपुरको समग्र औद्योगिक विकासमा उद्योग वाणिज्य संघले सकारात्मक भूमिका खेल्दै आए तापनि सरकार र स्थानीय सरकारले लगानीमैत्री वातावरण निर्माण गर्न नसकेको गुनासो गरे । उनले सामान्य पूर्वाधार तयार गर्न नसक्दा भक्तपुरको उद्योग फष्टाउन नसकेको बताए ।

 

संघका महासचिव शिव मानन्धरले भक्तपुरको औद्योगिक र पर्यटकीय विकासका लागि सरकार उदासीन रहेको आरोप लगाउँदै भक्तपुरका उद्योग व्यवसायलाई उपभोक्तामैत्री बनाउने अभियानमा संघ सक्रिय भइरहेको दाबी गरे ।

यसमा तपाइको मत