गोट ट्यालेन्ट टि भि रियारिटी सो २०१८ हुने


 

काठमाडौँ, ५ माघ । ग्रेट ओन मिडिया ग्रुपको आयोजनामा देश ब्यापी रुपमा मेचि देखी महाकाली गोट ट्यालेन्ट टि भि रियारिटी सो २०१८ कार्यक्रम हुने भएको छ ।
विभिन्न कला प्रतिभाका धनीहरु गाउँ घर बस्तीका कुना कन्दरामा ओझेलमा परेर बसेका हुन्छन् ।

 

त्यस्ता ओझेलमा परेर अवसर बाट बञ्चित रहेका प्रतिभाको खोजिको लागि ग्रेट ओन मिडिया ग्रुपले चासो देखाएर अगाडी बढेको छ ।सक्षम युवाहरु नेपालमा भनेजस्तो रोजगार नपाएर बिदेशीन बाध्य छन् । विदेशी भूमिमा भए पनि आफ्ना् देशको लागि केहि गरौ भन्ने उद्देश्यले केहि युवा आफ्नो कमाइबाट केही घर खर्चमा लगाए पनि केहि बचत बाट राम्रो काम गरौ भन्नेमा छन् ।

अहिले मलेसियामा बस्दै आएका डम्बर खड्का , दिलिप सोमाई , बिमल कोईराला, दिपक श्रेष्ठ र प्रेम तामाङ मिलि गोट ट्यालेन्ट टि भि ¥यालिटी सो २०१८ को निर्माता टिम बनाएर काम अगाडी बढाइ सकेका छन् ।

सोलुसन मिडिया ग्रुपका निर्देशक देव मगर तुम्सिङले नेपालका लागि व्यवस्थापन गर्ने भएका छन् । उक्त सो मा गायन, नृत्य र अभिनय विधामा नेपालका विभिन्न शहरहरुबाट अडिसन लिई विशिष्ट कला प्रतिभालाई केन्द्रित गरी प्रतिभाको संरक्षण र प्रर्वद्धन गर्ने देव मगर तुम्सिङ ले जानकारी दिए । अब केहि दिनमा नै फम निःशुल्क खुल्ला गरिने भएको छ ।

यसमा तपाइको मत