मृत्युको भविष्यवाणी गर्ने प्रणाली बनाएको अनुसन्धानकर्ताको दावी


यदि तपाईलाई कहिले मर्छु भन्ने थाहा भो भने के गर्नुहुन्छ ? मृत्युका बारेमा थाहा पाएपछि कोही आफन्तसँग समय विताउन खोज्ला भने कोही मनले चाहेका कामकुरा पुरा गर्नतिर लाग्ला । तर, मृत्युका विषयमा जान्न गाह्रो छ ।

अमेरिकाको क्यालिफोर्नियास्थित स्टेनफर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले मृत्युको भविष्यवाणीसम्बन्धी केही सहज गरेका छन् । उनीहरुले नयाँ प्रविधिको विकास गरेका छन् । त्यसले मृत्यु कहिले हुन्छ भन्ने कुरा ९० प्रतिशतसम्म आंकलन गर्नसक्ने अनुसन्धानकर्ताहरुको दावी छ ।

 

यस्तो कुरा अनौठो लाग्छ । तर, उनीहरुले विकास गरेको ‘आर्टिफिसिअल इन्टेलिजेन्स (एआई)’ प्रणालीले कुनै पनि विरामीको अन्तिम समयका विषयमा बताउन सक्नेछ ।हालै प्रकाशित अध्ययनसम्बन्धी रिपोर्टमा बिरामीले अन्तिम समयतिर जस्तो किसिमको जिन्दगी बाँच्न चाहन्छ, त्यस्तो नहुने गरेको उल्लेख छ ।

 

रिपोर्टका अनुसार, ८० प्रतिशत अमेरिकी नागरिक अन्तिम समय आफ्नो परिवारसँग विताउन चाहन्छन । तर, ६० प्रतिशत अस्पतालमै ज्यान गुमाउने गरेका छन् ।अनुसन्धानमा संलग्न स्टेनफर्ड विश्वविद्यालयको एआईकी विद्यावारिधीकी विद्यार्थी आनन्द अवतीले स्टेनफर्ड अस्पताल र लूसिल पेकार्ड चिल्ड्रन अस्पतालबाट करिब २० लाख विरामीको इलेक्ट्रोनिक हेल्थ रिकर्ड अध्ययन गरेको बताइन् ।

 

जसमा बालबालिकादेखि बृद्धबृद्धासम्म थिए । उनीहरुले तथ्याङ्कबाटै डीप नेचुरल नेटवर्क तयार गरेका थिए । त्यसबाट एआईले कुन विरामीको ३ देखि १२ महीनामा मृत्यु हुनसक्छ भन्ने अनुमान गरेको थियो ।

यो नेटवर्कबाट कुनै पनि किसिमको मृत्युको कारण पत्ता लगाउन सकिने प्रणालीको विकास गरिएको अनुसन्धानकर्ताहरुको दावी छ । साथै कुनै पनि विरामीको मृत्यु हुनु भन्दा अगाडी कसरी रेखदेख गर्ने भन्ने विषयमा पनि यसले सहयोग पु¥याउने छ । तर, यसले विरामी कम गर्न कस्तो उपचार गर्ने भन्ने विषयमा भने केही बताउन नसक्ने जनाएको छ । अहिले त्यसमै अनुसन्धान भइरहेको अवतीले बताइन् ।
(एजेन्सीहरुको सहयोगमा ।)

यसमा तपाइको मत