खेर गयो श्रोत र साधन शुन्य भयो गाँउ भन्ने गित शार्वजनिक


काठमाडौँ, १९ माघ । लोकदोहोरीमा क्षेत्रमा राम्रा राम्रा गित सृजना गरिरहेका कुसल लोकप्रिय गायक राजकुमार बानियाँ तथा सञ्चारकर्मी चर्चित गायीका कोमल ओली, सर्जक तथा चर्चित गायक पशुपति शर्माको आवाजमा यथार्तपरक नयाँ सन्देश मुलक गीत “शुन्य भयो गाँउघर” सार्वजनिक भएको छ ।

अहिलेको यथार्त नेपाली समाजको पीडा युवा विदेश पलायन, धनि मानि मान्छेहरु शहरमा रमाउने गाँउमा मलामि नपाउने जस्ता समाजमा रहेको विकराल तथा बास्तविकतालाई गीतले रमाइलो जस्ताको त्यस्तै प्रष्ट सँग उठाइएको छ ।

गीतलाई सबै पक्षबाट उत्कृष्ट बनाउन टिमले मिहनेत गरेको छ । जुन गीतमा राजकुमार बानियाँको लय तथा शव्द सिर्जना रहेको छ । तीन दर्जन बढी गितमा आवाज दिएका बानियाँको पछिल्लो गीत कस्तो चिज हो आलु , बेग्लै भाछु अहिले , जे गर्ननी फिरि , फेसबुक लगायतका गित चर्चामा रहेका गित हुन् ।

सन्देशमुलक र समसामयिक बिषयलाई उठान गरेको यो गीत सबैले मन पराइदिनेमा आफुहरु आशावादी रहेको बताउछन्, गाएक बानियाँ । रामकृष्ण बानियाँ र राजकुमार बानियाँको संयुक्त उक्त भिडियोलाइ दुर्गा पौडेलले निर्देशन गरेका छन जसमा गायक गायीकाहरुलेनै अभिनय गरेका छन् भने जलेश्वरि म्युजिकले बजारमा ल्याएको छ ।

हेर्नुस् भिडियो :

यसमा तपाइको मत